|

भारतको कर्नाटक राज्यका मन्त्री रमेश जर्किहोलीले बुधबार पदबाट राजीनामा दिएका छन्। आफूविरुद्ध यौन दुराचारसम्बन्धी मुद्दा दर्ता भएपछि पदबाट राजीनामा दिन उनी बाध्य भएका हुन्। 

राजीनामा स्वीकृत गर्न कर्नाटक राज्यका मुख्यमन्त्रीले राज्यपाल भाजुभाइ भालालाई सिफारिस गरेका छन्। जर्किहोलीले जलस्रोत मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए। 

राजीनामा पत्रमा घटनाबारे निष्पक्ष छानबिन गरेर सत्य तथ्य सार्वजनिक गर्न माग गरिएको छ। तर अहिलेलाई भने आफूले नैतिकताका आधारमा राजीनामा दिएकाले स्वीकृत गर्न पनि उनले अनुरोध गरेका छन्। ​

कर्नाटकका अर्का मन्त्री जगदिश सेत्तारले पनि जर्किहोलीले राजीनामा दिएको पुष्टि गर्दै मंगलबार उनीविरुद्ध मुद्दा परेकाले बुधबार राजीनामा दिनुभएको उल्लेख गरेका छन्। 

घटनापछि आमनागरिक पक्ष र विपक्षमा विभाजित भएका छन्। प्रहरी अधिकारीहरूले अनुसन्धान अगाडि बढाइसकिएको बताएका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.