|

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले त्रिदेशीय अन्तराष्ट्रिय फुटबल आयोजना गर्ने भएको छ। शुक्रबार एन्फाले बंगलादेश र किर्गिस्तानसँग फुटबल खेल्ने तय भएको जानकारी दिएको हो।

दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिता २२ देखि ३० मार्च सम्म आयोजना हुनेछ। प्रतियोगिता नेपालसँगै बङ्गलादेश र किर्गिस्तानको सहभागिता रहने छ। एक चरणको राउण्ड रोबिन लिग पछि शिर्ष दुई स्थानमा रहने टीमले फाइनल खेल्ने एन्फाले जनाएको छ। फिफा मान्यता प्राप्त प्रतियोगिताका रुपमा रहने खेलहरूमा कुल ४ खेल हुने छन्।

यसअघि नेपालले मार्चमा विश्वकप छनोट अन्तर्गत अष्ट्रेलियासँग खेल्ने तालिका रहे पनि कोरोना भाइरसका कारण खेल स्थगित हुन पुगेको थियो। प्रतियोगिताका लागि किर्गिस्तानले भने यु–२३ टोली पठाउने छ। पछिल्लो समय कोभिडको कारण देखाउँदै नेपालमा विश्वकप छनोटका खेलहरू सार्ने तयारी एएफसीले गरिरहेको छ। जसले गर्दा पनि नेपाल आफू सक्षम रहेको देखाउन केही समय अघिबाटै अन्तराष्ट्रिय टीमहरू​सँग खेल खेल्नका लागि प्रयासरत रहेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.