|

सर्लाही : सर्लाहीको चन्द्रनगर गाउँपालिकाको केन्द्र सार्ने तयारी भएपछि तनाव उत्पन्न भएको छ।

गाउँपालिकाको वडा नं. ६ र ७ मा पर्ने नाढीमन ताल परिसरमा रहेको गाउँपालिका कार्यालय वडा नं. २ बबरगञ्जमा सार्न खोजिएपछि तनाव सिर्जना भएको हो।

चन्द्रनगरको वडा नं. ६ र ७ का स्थानीय बासिन्दासँगै नेपाली कांग्रेस र नेकपाका नेता कार्यकर्ताले नाढीमनमै गाउँपालिका केन्द्र रहनुपर्ने भन्दै आज गाउँपालिका कार्यालयमा तालाबन्दी गरेर नाराबाजी गरेका छन्।

वडा नं. ७ का स्थानीय दीपेन्द्र कुमार चौधरीका अनुसार गाउँपालिकामा परिषद हुनुपर्नेमा गाउँपालिका अध्यक्ष महेन्द्रले महतो वडा नं. २ स्थित रहेको बबरगंजमा परिषद गर्ने गरेको आरोप लगाए।

गाउँपालिकाको कार्यालय नाढीतालमै सुनिश्चितता नभएसम्म आफूहरु निरन्तर आन्दोलन गरिरहने चौधरीले बताए।

दिउँसो करिब एक हजारको संख्यामा आएका स्थानीयवासीले कार्यालयमा तोडफोड प्रयास गरेपछि अप्रिय घटना हुन नदिन प्रहरीले समान्य बल प्रयोग र १३ सेल अश्रुग्यास पनि प्रहार गरेको थियो।

घटनामा एक दर्जन बढी स्थानीय र चार प्रहरी घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए। गाउँपालिका कार्यालय वरपर ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ। अहिले त्यस क्षेत्रको स्थिति सामान्य रहेको राठौरले बताए।

चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महेन्द्र महतोले भोलि बस्ने गाउँपालिकाको विशेष गाउँ सभाले गाउँपालिकाको केन्द्र सार्ने निर्णय गर्ने थाहा पाएपछि विरोध सुरु भएको हो।

उनले चन्द्रनगरबाट बबरगञ्जमा गाउँपालिका सार्ने पक्षमा नै बहुमत रहेको दाबी गरेका छन्। बहुमत सदस्यले निर्णय गरेमा गाउँपालिकाको केन्द्र सार्न आफूले सिफारिस गर्ने बताएका छन्।

अहिले नै गाउँपालिकाको केन्द्र सारिनसकेको र यसबारे छलफल गर्न भोलि बबरगञ्जस्थित दुर्गा खोभारी जनता माध्यमिक विद्यालयमा विशेष गाउँसभा आयोजना गरिने कार्यक्रम रहेको जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.