|

काठमाडौं : 'पोस्ट कोभिड सिन्ड्रोम' भई अस्पताल भर्ना भएका पूर्व-प्रधानमन्त्री डा. बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सामान्य रहेको छ। कोरोनाविरुद्धको खोप लगाएपछि उनलाई ज्वरो आएकोले त्रिवि शिक्षण महाराजगञ्‍जमा फागुन १९ गते साढे ११ बजे भर्ना भएका थिए।

'अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य छ ज्वरो पनि छैन,' अस्पतालका प्रवक्ता रामविक्रम अधिकारीले भने,'स्वास्थ्य अवस्था यही गतिमा सामान्य रहेमा भोलिसम्ममा उहाँलाई डिस्चार्ज गर्न सक्ने सम्भावना छ। अहिले आराम गरिरहनुभएको छ।'

उनका अनुसार पूर्व-प्रधानमन्त्रीलाई हाइपो थाइराडिज्मको समस्या र उच्च रक्तचाप देखिएको थियो।

भट्टराईले बानेश्वरस्थित सिभिल अस्पताल पुगेर कोभिड–१९ विरुद्ध खोप लगाएका थिए। खोप लगाएपछि भट्टराईलाई जिउ दुख्ने, ज्वरो आउने समस्या बढ्दै गएको थियो। बुधबार बेलुकादेखि आएको ज्वरो बढेर १०४ डिग्री फरेनहाइट सम्म पुगेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.