|

काठमाडौं : कोभ्याक्स फ्यासिलिटीअन्तर्गत नेपालले पाउने कोरोनाविरुद्धको खोपको पहिलो चरणको खोप भोलि आउने भएको छ।

सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिशिल्ड खोपको तीन लाख ४८ हजार डोज खोप आइतबार बिहान ११ बजे काठमाडौं आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागअन्तर्गत व्यवस्थापन महाशाखाले जनाएको छ।

कोभ्याक्सले कुल जनसंख्याको २० प्रतिशतलाई निःशुल्क खोप उपलव्ध गराउने प्रतिबद्धता जनाएको थियो। त्यसअनुसार नेपालले ६० लाख डोजभन्दा बढी खोप निःशुल्क पाउने छ। तर‚ मागअनुसार उत्पादन हुन नसकेकाले विभिन्न चरणमा खोप उपलव्ध गराउने योजनामा कोभ्याक्स लागेको हो।

खोप बनिसकेपछि त्यसको गर्न प्रयोग धनी तथा गरिब देशहरुले समुचित रुपमा पाऊन् भनेर विश्व स्वास्थ्य संगठन, युनिसेफ, विल एण्ड मिलिन्डागेट्स फाउन्डेशन, विश्व बैंकलगायतका विभिन्न १० वटा संस्थाको सहकार्यमा बनेको गाभी एलायन्सले ‘कोभ्याक्स एसोसिएसन’ निर्माण गरी खोप वितरण गर्न थालेको हो।

अहिलेसम्म विभिन्न मुलुकमा कोभ्याक्सले एक करोड २० लाख डोज खोप पठाइसकेको छ। यसअघि कोभ्याक्स सुविधाबाट पनि कोभिशिल्ड खोप नै आउने र पहिलो चरणमा २२ लाख ५६ हजार खोप आउने बताइएको थियो। तर‚ हाल खोप सबै देशमा पुर्‍याउनु पर्ने र उत्पादन कम भएकाले हाल नेपालले पहिलो चरणमा तीन लाख ४८ हजार खोप मात्रै आउने बताइएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २० प्रतिशत जनसंख्यालाई पुग्ने गरी कोभ्याक्स सुविधामार्फत खोप आउने यसअघि नै बताइसकेको छ। सरकारले फागुन २३ गते ( भोलि)देखि  दोस्रो चरणको खोप अभियान सुरु गर्दैछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.