|

काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्य पुनः उकालो लागेको छ। अघिल्लो साता लगातार ओरालो लागेको सुनको मूल्य आइतबारतोलमा ५०० रुपैयाँ बढेको हो।

आज छापावाला सुनको मूल्य प्रतितोला ८६ हजार १०० रुपैयाँ निर्धारण भएको छ। छापावाला सुन तोलामा शुक्रबार ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, तेजाबी सुन पनि तोलामा ५०० रुपैयाँ बढेको छ। शुक्रबार प्रतितोला ८५ हजार १५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज ८५ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै, चाँदीको मूल्य भने आज स्थिर छ। चाँदी तोलामा एक हजार २५० मा कारोबार हुनेछ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.