|

काठमाडाैं : बिसिसिआईले आइतबार इन्डियन प्रिमियर लिग (आइपिएल) को १४ औं सिजनको मिति घोषणा गरेको छ।

अप्रिल ९ देखी ३० मेसम्म प्रतियोगिता आयोजना हुने छ। ५२ दिन चल्ने प्रतियोगिताको फाइनल अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने छ। आइपिएलको सबै खेल ६ सहरहरुमा हुने जनाइएको छ। जसमा अहमदाबाद, बैंगलोर, चेन्नई, दिल्ली, मुम्बई र कोलकातामा हुने छ।

सबै टिमबीच ५२ दिन चल्ने प्रतिस्पर्धामा ६० खेल हुने जनाइएको छ। फाइनल तथा प्ले अफको खेलहरु अहमदावादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय रंगशालामा हुने जनाइएको छ।

मुम्बई र बैंगलोरबीच उद्घघाटन खेल

प्रतियोगितामा उद्घाटन खेलमा साविक च्याम्पियन मुम्बई र बैंगलोरबीच हुने छ। त्यस्तै मुम्बईका कप्तान रोहित शर्मा र बैंगलोरका कप्तान विराट कोहली रहेका छन्।

लिग चरणमा ५६ खेल मध्ये चेन्नई, मुम्बई, कोलकाता र बैंगलोरमा समान १०–१० खेल खेलाइने छ। जबकि  दिल्ली र अहमदाबादमा समान ८–८ खेल खेलाइने छ। प्रतियोगिताको फाइनल अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय मैदानमा हुने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.