|

काठमाडौं : १४ वर्ष अघि रौतहटको गौरमा भएको हत्याकाण्डका पीडित परिवारले दोषीलाई कारबाहीको माग गरेका छन्। गौर हत्याकाण्ड संघर्ष समितिले आज (आइतबार) राजधानीमा पत्रकार सम्मेलन गर्दै दोषीलाई कारबाहीको माग गरेका हुन्।

दोषीलाई कारबाही नगरे भद्रकालीमा अनशन बस्ने उनीहरूले चेतावनी दिएका छन्। पत्रकार सम्मेलनमा बोल्दै गौर हत्याकाण्ड संघर्ष समितिका संयोजक रुपसागर उपाध्यायले दोषीलाई कारबाहीकोे माग गरे। उनले भने,‘घटना भएको १४ वर्ष बितिसक्दा पनि दोषीमाथि कारबाही हुन सकेको छैन।

सरकारले घटनामा ज्यान गुमाएकालाई सहिद घोषणा गर्न र घाइतेहरूको उचित उपचार गर्न सरकारसँग माग गर्दछु।’ कार्यक्रममा सहिद प्रमोद यादवका बुवा, सहिद प्रतिमा खातुनको आमाले बोलेका थिए। घटनाका घाइते तथा पीडित मनोजकुमार यादव राजनले घाइतेहरूको उपचार राज्यबाट हुनुपर्ने बताए। उनले सहिद परिवारको बालबच्चाको पालनपोशण र घर निर्माण गरिदिन सरकारसँग माग गरे।

‘२०६३ साल चैत्र ७ गते रौतहटको गौरस्थित राईस मिल चौरमा दिउसो १ः४५ बजे उपेन्द्र यादवको नेतृत्वमा रहेको तत्कालिन मधेशी जनअधिकार फोरमले पेशेवर अपराधिक समूहको जत्थाको उपयोग गर्दै सुनियोजित रुपमा भिषण अमानवीय, अमानुषिक एवं नरसंहारकारी आक्रमणबाट २७ जना सर्वसाधारणको मृत्यु र सयौंको संख्यामा निर्दोष नागरिकहरू घाइते भएका थिए।

स्वचालित बन्दुक, धारिलो हतियार लगायत ढुंगा ईट्टाको प्रयोग गरि महिलाहरूलाई बाँसको भाटाले संवेदनशील अंगहरुमा घोचेर, बलात्कार गरी स्तन काटेर छट्पटिरहेको अवस्थामा जिउँदै आगो लगाएर हत्या गरिएको थियो’ समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.