|

काठमाडाैं : नयाँ बानेश्वरमा गाडी चलाउँदै गर्दा अचानक चालक बेहोस भएपछि दुर्घटना भएको छ।

बा१८च ५८७१ नम्बरको जिप(स्कर्पियो) ले दुई ट्याक्सीलाई ठक्करसमेत दिएको छ। ठक्करपछि उक्त जिप बिजुलीको पोलमा ठोक्किएको छ। 

घटना आइतबार(आज) राति पौने १० तिर भएको बानेश्वर वृत्तका डिएसपी दक्ष बस्नेतले बताए। उनका अनुसार बानेश्वर चोकमा रोकिराखेका दुई वटा ट्याक्सीलाई जिपले ठक्कर दिएको थियो। 

'बबरमहलतिरबाट आइरहेको स्कार्पियो जिप पुरानो बानेश्वरतर्फ जानुपर्नेमा सीधै तीनकुनेतर्फ गुडेछ। स्कारपियोमा चालकसहित दुई जना सवार थिए। जिप पाल्पाबाट आएको रहेछ,' बस्नेतले भने। 

सडक खाली भएकाले ठूलो क्षतिहुनबाट जोगिएको पनि उनले बताए। 

करिब १०० मिटरसम्म गाडी कुदेको र सडक किनारमा रहेको काटेको पोलको भागमा ठोक्किएर जिप रोकिएको उनले जानकारी दिए। चालकको सिभिल हस्पिटलमा उपचार भइरहेको र बेहोसीका कारण जिपमा सवारको नाम खुल्न नसकेको उनले बताए। दुर्घटनाका कारण मानवीय क्षति भने नभएको पनि उनले जनाए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.