|

काठमाडाैं : ला लिगाअन्तर्गत आज भएको मड्रिड डर्बी भिडन्त बराबरी भएको छ। 

खेलको १५ औं मिनेटमा लुइस सुवारेजले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए। एट्लेटिकोको घरेलु मैदानमा भएको खेलमा पाहुना टोलीलाई निकै दबाबमा राखेको उसले खेलको ८७ औं मिनेटमा गोल खाँदै अंक बाँड्न बाध्य भएको हो।   

निकै नै संघर्षपूर्ण खेलमा एट्लेटिकोले शीर्ष स्थानमा बलियो अंक बनाउन असफल रह्यो। जारी सिजनको अघिल्लो खेलमा रियलविरुद्ध भएको हारको बदलासमेत एट्लेटकोले लिन पाएन। 

बराबरीपछि एट्लेटिकोले २५ खेलबाट ५९ अंक बनाएको छ भने रियल २६ औं खेलबाट ५४ अंक बनाएको छ। दोस्रो स्थानमा रहेको बार्सिलोनाको भने ५६ अंक छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.