|

काठमाडौं : आज देशका पहाडी भेगको मौसम बदली भई मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

प्रि-मनसुन अवधि रहेको कारण हल्का वर्षा तथा मेघगर्जन हुने महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले बताइन्। उनका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली  र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागहरुको थोरै स्थानहरुमा तथा बागमती र प्रदेश १ का एक वा दुई स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा हुने अनुमान गरिएको छ। यस्तै देशको केही उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हल्का हिमपातको सम्भावना रहेको पनि रहेको महाशाखाले जनाएको छ। 

राति पनि प्रदेश १, बागमती, गण्डकी, कर्णाली  र सुदुरपश्चिम प्रदेशहरुको पहाडी भू–भागहरुको एक वा दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ। गएराति काठमाडौं उपत्यकासहित देशका केहि पहाडी भेगमा पानी परेको थियो। 

यसैबीच आज बिहान काठमाडौं उपत्यकाको न्युनतम तापक्रम १० दशमलब ६ डिग्री सेल्सियस मापन भएको छ । दिउँसो २१ देखि २३ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.