|

स्याङ्जा : भीरकोट नगरपालिकालाई बालमैत्री नगर घोषणा गरिएको छ। नगरपालिकाले ३९ सूचक पूरा गरेपछि बालमैत्री नगर घोषणा गरिएको हो।

शनिवार गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले बालमैत्री नगर घोषणा गर्दै बालमैत्री कार्यक्रमले बालबालिकामाथि हुने सबै खाले हिसां तथा अन्यायको अन्त्य हुने बताए। उनले बालबालिकाको शिक्षा स्वास्थ्य राज्यले जिम्मा लिनुपर्नेमा जोड दिए।

भिरकोट नगरपालिकाले ३९ सूचकमध्ये २० वटा १०० प्रतिशत र १९ ओटा ९९.६७ प्रतिशत नतिजा हासिल गरेको नगरप्रमुख छायाराम खनालले जानकारी दिए। नेपालभरिका नगरपालिकामध्ये भीरकोट ७औँ, गण्डकी प्रदेशमा दोस्रो र स्याङ्जामा पहिलो बालमैत्री नगर घोषित भएको हो। ंबालमैत्री नगर घोषणाका लागि भीरकोटले २०७५ पुस ९ देखि नै बालमैत्री स्थानीय शासन अवलम्बन गरी वडा तथा नगरमा बालमैत्री स्थानीय शासन अवधारणालाई सुनिश्चित गर्दै आएको थियो। 

वडा तथा नगर स्तरीय बाल सञ्जालको गठन गर्ने, विद्यालय तथा सार्वजिक स्थलमा बालमैत्री संरचना तयार गर्ने जस्तो कार्यमा नगर अगाडि बढेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.