|

गुल्मी : गुल्मीका स्थानीय तहका जनप्रतिनिधिहरुलाई जिल्ला प्रशासन कार्यालय गुल्मीले स्थानीय तहले कानुनी सेवाबारे जानकारी गराएको छ। जनप्रतिनिधिहरुले नागरिकतालगायत अन्य सिफारिसहरु गर्दा समस्या देखा पर्ने गरेकाले त्यससँग सम्बन्धित कानुनीबारे जानकारी गराइएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भण्डारीले बताए।

पहिलो चरणमा कालीगण्डकी गाउँपालिकामा जनप्रतिनिधिहरुलाई जानकारी गराइएको र अन्य स्थानीय तहका जनप्रतिनिधिहरुलाई जानकारी गराउने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन्। ग्रामीण क्षेत्रबाट सेवाग्राहीहरु आउँदा स्थानीय तहले गर्ने नागरिकतालगायतका सिफारिसहरुमा कुनै समस्या नहोस् र सहज रुपमा सेवा प्रवाह गर्न सकियोस् भन्ने उद्देश्यले कार्यक्रम गरिएको शर्माले बताइन्।

यस्तै, जनप्रतिनिधिहरुलाई विपद व्यवस्थापन, अपराध न्यूनीकरण, व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा भत्ता वितरणलगायतका विषयमा पनि जानकारी गराइएको छ। प्रजिअ शर्माले स्थानीय तहमा घटना घटेको ३५ दिनभित्रै दर्ता गरेमा पछि आइपर्ने समस्या र झन्झटबाट मुक्त हुन सकिने भन्दै समयमै व्यक्तिगत घटना दर्ता गर्न र गराउन शर्माले आग्रह गरिन्।

कार्यक्रममा कालीगण्डकी गाउँपालिकाका वडा अध्यक्ष लगायत जनप्रतिनिधिहरु, राजनीतिक दल तथा सरोकारवालाहरुले नागरिकता, बहुविवाह, पेन्सनलगायतका बारेमा आइपरेका समस्याबारे  प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.