|

काठमाडौं : काठमाडौं महानगरपालिका–१० बानेश्वरस्थित सडकछेउमा भएको हिजो (आइतबार) भएको दुर्घटनामा परेका जिप चालकको मृत्यु भएको छ। 

रोकिरहेको बा२ज ३०३७ नम्बर र बा२ज ४१९३ नम्बरको ट्यक्सीमा बा१८च ५८७१ नम्बरको स्कोरपियोले दुई वटा सवारीलाई ठक्कर दिएको थियो। उक्त स्कर्पियो चालक काठमाडौं महानगरपालिका–१० थापागाउँ बस्ने पाल्पा तानसेन नगरपालिका घर भएका ४० वर्षीय विपिन थापाको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सिभिल अस्पताल मिनभवनमा उपचारको क्रममा मृत्यु भएको हो।

करिब १०० मिटरसम्म गाडी कुदेको र सडक किनारमा रहेको काटेको पोलको भागमा जिप ठोक्किएको थियो। जिप(स्कर्पियो) चालक थापा निदाएपछि दुर्घटना भएको  बानेश्वर वृत्तका डिएसपी दक्ष बस्नेतले जानकारी दिएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.