|

दाङ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला पार्टी कार्यालय भरतपुर दाङमा सोमबार बेलुका नेकपा एमालेको बोर्ड राखिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेकपाका नेता कार्यकर्ताले पार्टी कार्यालयको नाम परिवर्तन गरी नेकपा एमाले लेखिएको बोर्ड टाँगेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष हुकुम बस्नेतले नेकपा एमाले नै वैधानिक पाटी भएकाले ब्यानर टाँगेको प्रतिक्रिया दिए। बाटो बिराएर गएकाहरुलाई फर्कनसमेत उनले आग्रह गरे। ‘विगतमा के भयो भन्ने छाडेर अब हामी एकमत भएर जाने हो’, उनले भने।

कार्यक्रममा सचिव मनोहर बुढाथोकी लगायतको सहभागिता थियो। पार्टी कार्यालयको बोर्ड परिवर्तन गरेसँगै उनीहरुले पार्टी कार्यालयमा मैनबत्ती समेत बालेर खुसियाली पनि मनाए।

त्यस्तै, तुलसीपुरमा अञ्चल पार्टी कार्यालय र लमहीमा क्षेत्रीय पार्टी कार्यालयलगायत सबै सम्पत्ति अहिले पनि नेकपा एमालेकै नाममा रहेको हुँदा आफ्नो कार्यालयको नाम परिवर्तन गरेको बस्नेतले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.