|

एजेन्सी : अहिलेसम्म झुट बोलेको पत्ता लगाउन पोलिग्राफ मेसिनको प्रयोग हुँदै आएको छ। तर छिट्टै नै यो काम कम्प्युटर सफ्टवेयरको माध्यमबाट सजिलै पत्ता लगाउन सकिन्छ। यो सफ्टवेयरको विकास भएपछि कसले झुटो बोलेको छ भन्‍ने कुरा सर्वसाधारणले समेत जान्‍न सक्नेछन्।

यो त्यस्तो सफ्टवेयर हो जसको प्रयोगपछि झुट पत्ता लगाउन अन्य मेसिन प्रयोग गर्नुपर्ने बाध्यता हट्नेछ। उच्च अदालतका भिडियोको अध्ययन गरेपछि अमेरिकाको मिसिगन विश्‍वविद्यालयका शोधकर्ताहरुले रियल वर्ल्ड डाटामा आधारित लाई-डिटेक्टिङ ( झुट पत्ता लगाउने) सफ्टवेयरको प्रोटोटाइप तयार गरेका छन्।

यस प्रोटोटाइप सफ्टवेयरले पोलिग्राफ मेसिनले जस्तै शब्द र हाउभाउलाई रेकर्ड गर्नेछ। तर त्यसका लागि कुनै पनि व्यक्तिले यस सफ्टवेयर राखिएको कम्प्युटर टच गर्नुपर्ने बाध्यता समेत रहदैंन। यो प्रयोग ७५ प्रतिशतसम्म सही रहने अनुसन्धानकर्ताहरुले बताएका छन्।

प्रयोगपछि ५० प्रतिशतभन्दा धेरै स्कोरका साथ सफ्टवेयर कसले झुटो बोल्दैछ भन्‍ने पत्ता लगाउँछ। अनुसन्धानकर्ताहरुले यस सफ्टवेयरको माध्यमबाट थुप्रै व्यक्तिले झुट बोलेको पत्ता लागेको बताएका छन्। यस सफ्टवेयरलाई विकसित गर्न अनुसन्धानकर्ताहरुको टिमले १२० मिडिया कभरेज भिडियो क्लिपको प्रयोग गरेर सफ्टवेयरको परीक्षण गर्दैछन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.