|

नवलपरासी : जिल्लास्थित सुरक्षा निकायले अवैध हतियारबारे सोधखोज नगर्दा दुरुपयोगकफ आशंका बढेको छ। जिल्ला प्रशासन कार्यालयबाट हतियार राख्न इजाजत लिएका ब्यक्तिसँग सुरक्षा निकायले सोधखोज नगर्दा दुरुपयोगको आशंका बढेको हो। इजाजत लिएकामध्ये दुई सय २९ हतियार कहाँ र कुन अवस्थामा छन् भन्नेबारे प्रशासनलाई जानकारी छैन। 

हालसम्म तीन सय ३५ जनालाई हतियार राख्न इजाजत दिइएको प्रशासन कार्यालयको भनाइ छ। तीमध्ये २०७३ चैतसम्मका लागि एक सय ६ हतियार मात्र नवीकरण गरिएको छ। अन्य हतियार भने व्यक्तिले अवैध रुपमा राखेका छन्। हतियारको इजाजत लिएर जाने र नवीकरण नगराउने व्यक्तिसँग प्रशासनले सोधपुछ गरेको छैन। इजाजत लिएर जाने व्यक्ति अधिकांश सीमावर्ती क्षेत्रका छन्। 

कुस्मा, रामपुरखडौंना, हुकई, गेरमी, पाल्ही, सरावल, सनई, सुक्रौली, प्रतापुर, जमुनिया लगायतका ठाउँका व्यक्तिले हतियारका लागि इजाजत लिएका हुन्। जसमा सबैभन्दा बढी १२ बोरका छन्। त्यसैगरी २२ बोर, हवाई बन्दुक, भरुवा, पेस्तोल, ब्रिजलोड,  कटुवालगायतका हतियार लिनेको संख्या बढी छ। इजाजतसहितका हतियारबारे सम्बन्धित व्यक्तिसँग सोधपुछ गरिएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले बताए। 'हतियार बेच्नुपरे प्रशासनमा नै आउनुपर्छ। त्यसैले व्यक्तिसँगै छ भन्न् हो' प्रजिअ रानाले भने ' नवीकरण नभएका हतियारबारे अब सोधखोज गर्नुपर्ला।' 

हतियार संवेदनशील भएकाले अब त्यसको सबै विवरण संकलन गरिने उनले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.