|

काठमाडौं : झिसमिसे उज्यालो। सडकछेउमै छ पुरानो एकतले घर। ५ नबज्दै घरक्क ढोका खुल्छ। हँसिला राम माली स्टोभ बाल्छन्। स्टोभ बाल्दा नबाल्दै थराहकहरु आउन थाल्छन् स्युँस्युँ गर्दै। उनी मस्किँदै चियाको तयारी गर्छन्। ग्राहक खु्ट्टा हल्लाउँदै रामसँग भलाकुसारी गर्न थाल्छन्। 

चिया पिउँदै ग्राहक भन्न थल्छन् 'साह्रै मिठो दूध चिया। अन्त त यस्तो हुँदैन।' ग्राहकको प्रतिक्रिया सुनेर राम माली मस्किन्छन्। यसै बेला एक ग्राहक बेन्चबाट जुरुक्क उ७ेर पर्स झिक्दै प्रश्न गर्छन् 'चियाको कति हो साहुजी?'

'६ रुपैयाँ मात्र।' राममाली अनुहारमा मोनालिसाको मुस्कान समाहित भएको भान हुन्छ। ग्राहक छक्क पर्छन्। उनको मनमा होइन होला भन्ने शब्द नाचेझैं लाग्छ। १० रुपैयाँ मालीतिर तेर्स्याउँदै ग्राहकले प्रतिक्रिया दिन्छन् 'कति सस्तो, कति मिठो चिया अब सँधै यहीँ आउनुपर्ला।' 'हवस् हजुर।' राम माली २ रुपैयाँका दुई वटा सिक्का ग्राहकलाई फिर्ता दिन्छन्। 

यो कुनै चिया पसलको विज्ञापनका लागि लेखिएको स्क्रिप्ट होइन र यो कुनै साहित्यिक कृतिको अंश पनि होइन। यो त ललितपुर जिल्लाको बज्रबाराही ६ ठेँचोस्थित राम मालीको चिया पसलको दृश्य हो। 

राममालीका बुबा बाबुलाम मालीले २०१९ सालमा स्थापना गरेका हुन् यो चियापसल। त्यतिखेर बाबुलालले १० पैसामा एक कप दूध चिया बेच्थे। ग्राहकको घुँइचो लाग्थ्यो। कमिलाको ताँती झैं। उनले चियापसललाई व्यवस्थित बनाउँदै लगे। आफ्नो छोरो रामलाई पनि व्यवसायमा संलग्न गराए। छोराले राम्रोसँग काम सिकेकामा बाबुलाल खुब मख्ख थिए।

बाबुलालको देहान्तपछि राम मालीले २०३६ सालदेखि यस चिया पसललाई निरन्तरता दिए। चिया पसलको साटो अरु व्यवसाय गरेको भए हुन्थ्यो नि भन्ने प्रश्नको जवाफमा राम भन्छन् ' पितापुर्खाको पेसालाई सम्मान गर्नुपर्छ त्यसैले मैले अरु व्यवसायमा हात हालिन। आफ्नो व्यवसायलाई व्यवस्थित बनाउन सके चिया पसलबाटै मनग्गे आम्दानी गर्न सकिन्छ।' उनले २०३६ सालमा दूध चियाको मूल्य ३५ पैसा पुर्‍याएका थिए। त्यसपछि अन्तिम पटक २०७१ सालमा बढाएर ६ रुपैयाँ पुर्‍याएका छन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.