|

दमक : शुक्रबार राति पानीसंगै आएको हावाहुरीका कारण झापाका विभिन्न स्थानमा विद्युत अवरोध भएको छ। हावाहुरीका कारण रुख लडेर तथा विजुलीको पोल लडेका कारण जिल्लाको अधिकांश स्थानहरुमा विद्युत अवरोध भएको हो।

जिल्लाको तीनवटै वितरण केन्द्रबाट वितरण हुनले विद्युत लाइनको अधिकांश स्थानहरुमा विद्युत अवरुद्ध भएको प्रधिकरणले जनाएको छ। झापाको दमक क्षेत्रमा विभिन्न स्थानमा रुख लडेर विद्युतलाइनमा अवरोध हुँदा विद्युत अवरुद्ध भएको नेपाल विद्युत प्रधिकरण वितरण शाखा दमकले जनाएको छ। वितरण शाखा दमकका इञ्जिनियर सेकमखसुदव अलाम भन्छन्,‘ हाम्रो वितरण शाखाको बिभिन्न स्थानमा विद्युत अवरुद्ध छ, मर्मत कार्य भइरहेको छ, सबै स्थानमा कर्मचारी खटाएका छौँ, क्षतिको विवरण लिने काम भइरहेको छ।’

विद्युत लाइनको काहाँ कहाँ क्षति भएको छ भन्ने यकिन विवरण आइनसकेकाले विद्युत कुन समयमा सुचारु हुन्छ भन्न नसकिने उनले बताए। यद्यपी चाँडै सञ्चालन गर्ने प्रयासमा रहेको उनले बताए।

यता वर्तामोड वितरण शाखाका अनुसार विर्तामोड बजारमा भने विद्युत अवरुद्ध भएको छैन। तर सुरुङ्गा, शनिश्चरे, सैनिकमोड लगायत क्षेत्रमा भने अवरुद्ध भएको केन्द्रका इञ्जिनियर धिरेन्द्र बजगाईले बताए। ‘यत्रो हावाहुरी आउँदा विद्युत पोलनै नलडे पनि लाई सर्ट हुन्छ, हामीले कर्मचारी फिल्डमा पठाएका छौं, क्षतिको विवरण आएको छैन जति सक्दो चाडो विद्युत सुचारी गर्छौँ।’

यता भद्रपुर वितरण केन्द्रमा रहेको पाँच वटा फेडर मध्ये २ वटामा अवरोध भएको शाखा प्रमख रोशन खड्काले बताए। उनले भने,‘ चलथल र चन्द्रगढी फिडरमा अवरोध छ, यसको मर्मत भइरहेको छ, चाडै विद्युत प्रशारण हुन्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.