|

जनकपुरधाम : धनुषा जिल्लाको पोर्ताहामा प्रहरीले चेकजाँचको क्रममा चार किलो भन्दा बढी चाँदी सहित एक जनालाई पक्राउ गरेको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत उत्तरी क्षेत्र पोर्ताहामा प्रहरीले मोटरसाइकल चेकजाँचको क्रममा चाँदी सहित एक जनालाई पक्राउ गरेको हो।   

महोत्तरी जिल्लाको वर्दिवास नगरपालिका वडा नं. ६ बस्ने १९ वर्षीय दिवस लोहनी पक्राउ परेका ट्राफिक प्रहरी कार्यालयका जनकपुरका प्रमुख हरिनन्दन चौधरीले जानकारी दिएका छन्।

बा ८ प ४६५९ नम्बरको मोटरसाइकल चढेर पूर्व तर्फ गइरहेको बेला ट्राफिक र नेपाल प्रहरीको संयुक्त टोलीले चेकजाँच गरी लोहनीलाई पक्राउ गरेको हो। लोहनीसँग ४ किलो ८ सय ग्रामचाँदी रहेको  प्रहरीले जानकारी दिएको छ। चाँदीको बजार मूल्य ३ लाख २९ हजार २ सय १८ रुपैया रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.