|

काठमाडौं : निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रुप दिएको छ। आइतबार प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको अध्यक्षतामा बसेको आयोगको बैठकले स्थानीय तह निर्वाचनमा मतदान गर्ने एक करोड ४० लाख ५४ हजार ४८२ मतदाताको विवरणलाई अन्तिम रुप दिएको हो। 

आयोगका अनुसार कूल मतदाता मध्ये ७० लाख ६९ हजार ७१४ जना पुरुष र ६९ लाख ८४ हजार ६२५ महिला छन्। १४३ जना तेश्रो लिंगी मतदाता छन्।  

२०७३ फागुन ९ गतेसम्म १८ वर्ष उमेर पूरा भएका र यही मितिसम्म फोटोसहित मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताले बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा मताधिकार प्रयोग गर्न पाउने कानुनी व्यवस्था छ। 

आयोगले सोमबारदेखि मतदाता परिचयपत्र छाप्‍न सुरु गरेको जनाएको छ। 

हेर्नुस् जिल्लाअनुसार मतदाताको संख्या इन्फोग्राफिक्समाः

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.