|

लहान : स्थानीय तहको पुनः संरचना गर्दा गाउँपालिका बनाइएको सुखीपुरलाई मन्त्रिपरिषद्को सोमबारको बैठकले नगरपालिका कायम गरेपछि सुखीपुर नगरपालिका बचाउ संघर्ष समितिका ६ जनाले गरेको अनिश्चितकालीन अनसन मध्यरातमा तोडिएको छ।

माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य हरिनारायण चौधरी, सुखीपुर नगरपालिकाका कार्यकारी अधिकृत टेकप्रसाद भट्टराईले नगरपालिका परिसरमा जुस खुवाएर उनीहरूलाई अनसन तोडाएका हुन्।

साविक नगरापालिका माग गर्दै सुखीपुर नगरपालिका कार्यालयको बरण्डामै चैत २३ गते अपराह्नदेखि समितिका संयोजक बीपी भुवन यादवसहित सदस्यहरू हरेराम यादव, रामकिसुन यादव, रामभरोस साह, बिन्देश्वर पंजियार र रामकुमार यादव आमरण अनसन बसेका थिए । 

कार्यालय सुचारु र सम्मान
सुखीपुर नगरपालिका कायम भएपछि स्थानीय बासिन्दा, व्यापारी, राजनीतिकर्मीहरूले मध्यरातमा खुशीले नाचगान गरेका थिए। पछिल्लो एक महिनादेखि सुखीपुरलाई नगरपालिका कायम गराउन तालाबन्दी, धर्ना जिल्ला समन्वय समिति कार्यालयमा ज्ञापन पत्र, पूर्व पश्चिम सडकखण्डको अवरोध, स्थानीय बजार बन्दसहित आमरण अनसन बसेको संघर्ष समितिले आन्दोलनमा नेतृत्व गरेकाहरू, आन्दोलनमा ऐक्यबद्धता र सहयोग गर्ने राजनीतिकर्मी, पत्रकार, व्यापारीहरुलाई मंगलबार दिउँसो सम्मान गर्ने तयारी गरिएको स्थानीय रोयाण्टर मण्डलले जानकारी दिए।

वि.सं.२०७२ असोज १ गते तत्कालीन सुखीपुर गाविसमा छिमेकी मोहनपुर कमलपुर, कविलासी, विद्यानगर, लर्कनहा, बलही र सिलोर्वा पछवाडीलाई गाभेर नगरपालिका घोषणा गरिएको थियो। करिब १७ महिनापछि गत फागुन २७ गते स्थानीय तहको पुनःसंरचनामा गाउँपालिका बनाइएपछि संघर्ष समितिले चरणबद्ध आन्दोलन गर्दै आएको थियो।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.