|

काठमाडौँ: विवेकशील नेपाली दलबाट काठमाडौँ महानगरपालिकाको मेयरमा रञ्जु दर्शनाले उम्मेदवारी घाेषाणा गरेकी छन्।

नेपाली राजनीतिमा युवाहरूको प्रतिनिधित्व हुनुपर्छ भन्ने मान्यतासहित आफूले महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएको दर्शनाले बताइन्।

विकास अध्ययन विषयमा काठमाडौँ विश्वविद्यालयमा  स्नातक अध्ययनरत रञ्जुले काठमाडौँलाई संसारकै सुन्दर शहर बनाउनका लागि पाँचवटा कुरालाई अघि सारेको बताइन्।

'काठमाडौँ एकदमै अस्तव्यस्त शहर बनिरहेको बेलामा यसलाई सुन्दर शहर बनाउन सकिन्छ भनेर मैले उम्मेदवारी दिएकी छु',  उनले भनिन्।

काठमाडौँलाई झन्झटमुक्त, सुविधायुक्त बनाउने, धूवाँधूलोमुक्त र हराभरा बनाउने, गरी खान पाउने उद्यमशील बनाउने, हिँडूँहिँडूँ लाग्ने झिलिमिली बनाउने, विविधता झल्कने सम्पदाको शहर बनाउने उनको सपना सुनाइन्। यसकै लागि आफूले उम्मेदवारी घोषणा गरेको दावी पनि गरिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.