|

काठमाडौं : निर्वाचन आयोगले ७५ जिल्लामा प्रयोग हुने मतपत्रको नमूना सार्वजनिक गरेको छ। आयोगले जिल्लागत मतपत्रको ढाँचा बुधबार सार्वजनिक गरेको हो। 

आसन्न स्थानीय तह निर्वाचनका लागि संसदमा प्रतिनिधित्व गर्ने २७ दलको चुनाव चिह्‍न यथावत छ। ती बाहेक अन्य दलले स्वतन्त्रको हैसियतमा चुनाव चिह्‍न पाउनेछन्। संसदका रहेका २७ दलले आफ्नो चुनाव चिह्‍न अनुसार मत माग्ने काम सुरु गरिसेकेका छन्। ती बाहेक अन्य दलले चुनाव चिह्‍न नपाउँदा भोट माग्ने काम प्रभावकारी रुपमा सञ्चालन गर्न सकेका छैनन्।

स्वतन्त्र दललाई दिने चुनाव चिह्‍नलाई निर्वाचन आयोगले 'क' देखि 'च' सम्म वर्गीकरण गरी ती मध्ये एउटा चुनाव चिह्‍न वैशाख १६ गते उम्मेदवारी मनोनयनका क्रममा उपलब्ध गराउनेछ। 'संसदमा रहेका बाहेकका दललाई आयोगले उम्मेदवारी मनोनयनका दिन निर्वाचन चिह्‍न उपलब्ध गराउँछ,' आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने।

स्थानीय तह निर्वाचन ऐनले नै निर्वाचन आयोगमा दर्ता भएका मध्ये संसदमा प्रतिनिधित्व गर्ने २७ दलबाहेक अन्यले स्वतन्त्र दलको हैसियतमा निर्वाचन चिह्‍न प्राप्त गर्नेछन्। आफ्नो विधानमा उल्लेख भएको निर्वाचन चिह्‍न नपाएको भन्दै दलहरु आन्दोलनमा भएपनि निर्वाचन आयोगले ऐनमा टेकेर गरिएको निर्णय परिवर्तन गर्न नसक्ने बताइसकेको छ।

दलको जिल्लागत सक्रियताको सूची संकलन गरिसकेकाले आयोगले ती स्वतन्त्र चिह्‍न समेत मतपत्रमा राखेको छ। संसदमा प्रतिनिधित्व गर्ने २७ दलबाहेक अन्यलाई स्वतन्त्रको हैसियतमा चुनाव चिह्‍न दिनेछ।

तपाईँको जिल्लाको नाममा क्लिक गर्नुस् र मतपत्रको नमूना हेर्नुस्/डाउनलोड गर्नुस्। 

प्रदेश नम्बर १ प्रदेश नम्बर २ प्रदेशन नम्बर ३ प्रदेश नम्बर ४ प्रदेश नम्बर ५ प्रदेश नम्बर ६ प्रदेश नम्बर ७
ताप्लेजुंग सप्तरी सिन्धुली गोरखा रुपन्देही सुर्खेत अछाम
पांचथर सिराहा रामेछाप लमजुङ कपिलवस्तु दैलेख बाजुरा
इलाम सर्लाही दोलखा तनहुँ पाल्पा जाजरकोट डोटी
झापा धनुषा मकवानपुर मनांग अर्घाखांची डोल्पा बझाङ
संखुवासभा महोत्तरी चितवन कास्की गुल्मी कालिकोट कैलाली
भोजपुर रौतहट सिन्धुपाल्चोक स्याङ्गजा दाङ मुगु दार्चुला
तेह्रथुम बारा काभ्रेपलान्चोक पर्वत सल्यान हुम्ला बैतडी
धनकुटा पर्सा भक्तपुर बाग्लुंग * रोल्पा जुम्ला डडेल्धुरा
मोरंग   ललितपुर म्याग्दी प्युठान   कन्चनपुर
सुनसरी   काठमाडौँ मुस्तांग रुकुम *    
सोलुखुम्बु   नुवाकोट नवलपरासी * बाँके    
ओखलढुंगा   धादिङ   बर्दिया    
खोटांग   रसुवा        
उदयपुर            

* नवलपरासीको बर्दघाट सुस्ता भन्दा पूर्वी भाग प्रदेश नम्बर ४ मा पर्छ भने पश्चिमी भाग प्रदेश नम्बर ५ मा पर्छ। बाग्लुङको पश्चिमी भाग प्रदेश नम्बर ५ मा छ भने पूर्वी भाग प्रदेश नम्बर ४ मा परेको छ। त्यस्तै रुकुमको पश्चिमी भाग प्रदेश नम्बर ६ मा परेको छ भने पूर्वी भाग प्रदेश नम्बर ५ मा परेको छ। तालिकामा सहजताका लागि मात्र एउटै प्रदेशमा राखिएको हो।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • मेरो नामावली भरेको २०७२/१२/१६ मा भरेको थियो तर मेरो नम निक्लेको छैन किन होला मैले भोट दिनका लागि के गर्नु पर्ला