काठमाडौं : वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले ७५ जिल्लामा प्रयोग हुने मतपत्रको नमूना सार्वजनिक गरिसकेको छ। आयोगले गत चैत २१ गते नै मतदाता नामावलीलाई अन्तिम रुप दिइसकेको छ। स्थानीय तह निर्वाचनमा एक करोड ४० लाख ५४ हजार ४८२ मतदाता छन्।
निर्वाचन कार्यतालिका अनुसार वैशाख १६ गते उम्मेदवारी मनोनयको दिन हो। मनोनयन उपर १७ गते जाँचबुझ गरी १८ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ। यस्तै आयोगले १९ गते दलहरु तथा स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने छ। वैशाख ३१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ। ७५ जिल्लाका ७४४ स्थानीय तहका मतदाताले उक्त दिन आआफ्ना प्रतिनिधि चुन्न मतदान गर्नेछन्।
सम्बन्धित सामग्रीः १८ प्रश्नोत्तर जसले तपाईँलाई स्थानीय तहबारे सजिलै बुझाउँछन्
तलको इन्फोग्राफिक्समा तपाईँ कुन जिल्लामा कति स्थानीय तह छन्, कति मतदान स्थल छन्, कति मतदान केन्द्र छन् र कुन जिल्लामा कति मतदाता छन् सजिलोसँग हेर्न सक्नुहुन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।