|

मञ्जित सिंह, जसले तानिदिए कानले जेट

५७ वर्षका मञ्जित सिंह, जसलाई ‘आइरन म्यान’ भनिन्छ, उनले ३० भन्दा बढी विश्व रेकर्ड बनाइसकेका छन्। डबल डेकर बस उनको केसले तान्नेदेखि कानले ८५ किलो उठाउने र कानले नै जेट तान्नेसम्म चामत्कारिक कार्य गरेका छन्। अप्रिल २००७ मा उनले झण्डै ७ दशमलब ४ टन तौलको जेट पूर्वी मिडल्याण्ड एयरपोर्ट, यूकेमा कानले तानेर देखाइदिए।

रेकर्ड कायम गरेपछि उनले भने, ‘मलाई त्यस्तो नराम्रो केही लागेन, थोरै कानमा दुखिरहेको छ, अरू ठीक छ।’ यस प्रदर्शनबाट उनले उनको च्यारिटी मञ्जित फिटनेसका लागि रकम संकलन पनि गरे, जुन उनको मातृभूमि महिलपुर, भारतका बालबालिकाको खेलकुदमा खर्च गरिनेछ।

तु जिन सेङ, जसले आफ्नो लिंगले ट्रक तान्न सक्छन्

कुङ फु पत्रिकाका अनुसार ताइवानका ५० वर्षका सेङ मार्सल आर्ट्सका खेलाडी हुन्, जसका विश्वभर ६० हजार फलोअर छन्। 

सन् २००५ मा उनले आफ्नो लिंगद्वारा एउटा ट्रकलाई केही परसम्म तानेर देखाए। चिनियाँ चाल कलाको अध्ययन गरिरहेका २० जनाका अगाडि उनले सो काम गरेका थिए।

यस्तो अभ्यास गरिरहेकाहरू सयौँ पाउण्डसम्म यसरी तान्न सकिने बताउँछन्। सो प्रदर्शन बेलायती डकुमेण्ट्री ‘पेनिस इन्भी’का लागि गरिएको थियो।

मिरोस्लाव मगोला, जो चीजलाई मस्तिष्क नियन्त्रणद्वारा उठाउन सक्छन्

सम्झनुस् त्यहाँ चम्चा छैन। मगोला, ‘चुम्बकीय मान्छे’ले गुरुत्वाकर्षणको नियमलाई चुनौती दिएका छन्, उनको असाधारण क्षमताद्वारा। ‘साइको काइनेसिस’को शक्तिद्वारा उनी जुनसुकै चिज पनि उनको शरीरका भागमा राख्न सक्छन्, मस्तिष्क नियन्त्रणद्वारा उठाउन सक्छन्, चलाउन सक्छन्।

अध्यात्मिक शक्तिका उपाशक उनले निर्जीव वस्तुलाई आफ्नो इच्छाअनुसार चलाउन सक्ने क्षमता विकास गरेका छन्। उनको मस्तिष्क शक्ति यति तगडा छ कि उनी उनको टाउकामा राखिएको कुनै पनि चिज नझारीकन उफ्रिन सक्छन्। यस्तो कसरी हुन्छ ? मिरोस्लाव भन्छन्, ‘किनभने म आफूमा पहिले शक्ति सञ्चय गर्छु अनि कुनै चिजलाई उठाउने इच्छा गर्छु।’

उनले यस्ता धेरै प्रयोग गरिसकेका छन्, जसका बारेमा आधुनिक विज्ञान आजसम्म बोल्न सकेको छैन।

रु एन्टिङ, जो आफ्नो आँसुले लेख्छन्

चीनका ५६ वर्षका एन्टिङसँग अद्भूत क्षमता छ। उनी आफ्नो आँसुले लेख्न सक्छन्। केही पानी उनको नाकबाट चुहाएर कागजमा उनी अक्षरहरू लेख्न सक्छन्।
रुले उनको यस्तो क्षमता बच्चाबेलामै उनी नदीमा पौडी खेल्ने क्रममा विकास गरेका हुन्। ‘मैले पौडी खेल्दा केही पानी निल्थेँ, अनायास मैले निलेको पानी मेरा आँखाबाट बाहिर निकाल्न सक्छु भन्ने खोज गरेँ’, उनी भन्छन्, ‘मेरा सबै साथी यसबाट चकित भए।’

सन् १९९० पछि जब उनले एउटा स्थानीय फ्याक्ट्रीको जागिर २० वर्षपछि छाडे, तब उनी आफ्नो अस्वाभाविक क्षमता विकास गर्नतिर लागे। सघन तालिमको तीन वर्षपछि उनले आफ्ना आँखाबाट १० फिटसम्म पानी फाल्न सक्ने भए।

मिसेल लोटिटो, जसले नखाने चिज केही छैन

लोटिटो सर्वभक्षीका रूपमा चिनिन्छन्। अपाच्य चिजका प्रख्यात उपभोक्ता लोटिटोका प्रस्तुतिहरू फलाम, सिसा, रबर र यस्तै अन्य अखाद्य तथा अपाच्य वस्तुको उपभोगमा केन्द्रित छन्। उनले साइकल, टेलिभिजन तथा अन्य ससाना चिजहरूलाई चपाउने र निल्ने गरेका छन्। उनलाई एउटा जहाज खाइसक्न झण्डै दुई वर्ष (सन् १९७८–१९८०) लाग्यो। उनले यस्ता चिज खान बच्चादेखि नै सुरु गरेका भए पनि सन् १९६६ देखि भने सार्वजनिक प्रदर्शन पनि गर्न थाले।

उनी हालसम्म उनको खान्कीका कारण बिरामी परेका छैनन्, जबकि कतिपय चिजमा बिषालु पदार्थ पनि हुने गर्छ। जब उनी एक किलोग्रामजति यस्ता चिज खान्छन्, त्यसपछि खनिज तेलको सहायताले त्यसलाई पचाउँछन् र आवश्यक मात्रामा पानी पिउँछन्।

उनको पेट र आन्द्राको मोटाइ सामान्यभन्दा दुई गुणा ठूलो छ भने उनको पाचन प्रणाली अस्वाभाविक रूपमा शक्तिशाली छ।

जाङ क्वान, जो हेलिकप्टरको आवाजजत्तिकै चर्को ताली बजाउन सक्छन्

७० वर्षका क्वान घुमिरहेका हेलिकप्टरका पंखाभन्दा मात्र तीन डेसिबल कम वा १०७ डेसिबल बराबरको आवाजमा ताली बजाउन सक्छन्। दुखद् खबर के भने स्थानीय वातावरण संरक्षण कार्यालयले जांगले ठूलै ध्वनि प्रदूषण गरेका र यदि उनले ताली बजाउन नरोके पक्राउ पर्ने चेतावनीसमेत दियो।

वी मिंगट्यांग, जसले कानले बेलुन फुलाउँछन्

चीनको गुलिन शहरका ५५ वर्षका वीले ३० वर्षअघि उनको कानबाट हावा छिर्ने पत्ता लगाए। त्यसपछि उनले नयाँ सोच बनाए, आफ्नो कानबाट बेलुन फुलाउने।
भरखरै सम्पन्न स्प्रिङ फेस्टिभल पार्टीमा उनले लहरै राखिएका २० वटा मैनबत्ती २० सेकण्डमा आफ्नो कानमार्फत् पाइपको सहायताले निभाइदिए।

क्लाउडिओ पिन्टो, जो आफ्ना दुवै आँखा बाहिर निकाल्न सक्छन्

ब्राजिलका ४८ वर्षका पिन्टो आफ्ना दुवै आँखा ९५ प्रतिशतसम्म बाहिर निकाल्न सक्छन्। उनको यस्तो अद्भूत क्षमताबारे धेरै पटक अनुसन्धान गरियो। डाक्टरहरू नै उनका बारेमा यकिन हुन सकेनन्। यस्तो आश्चर्यजनक व्यक्ति कहीँ कहिल्यै नभेटिएको उनीहरूले बताए।

पिन्टो भन्छन्, ‘यो पैसा कमाउन सजिलो माध्यम बनेको छ। मेरा आँखा चार सेन्टिमिटरसम्म बाहिर निकाल्न सक्छु, यो मलाई ईश्वरीय वरदान भएको छ, म धन्य छु।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.