|

काठमाडौं : सरकारी स्वामित्वकाे दूरसञ्चार सेवा प्रदायक संस्था नेपाल टेलिकमले आफ्नो कार्यालयमा कार्यालय समयभित्र फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जाल प्रयोग गर्न रोक लगाएको छ। सेवाग्राही र कामको चापलाई मध्यनजर गर्दै सामाजिक सञ्जाल प्रयोगमा रोक लगाइएको टेलिकम मुख्यालय भद्रकालीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

'सेवाग्राहीलाई छिटो छरितो सेवा दिनका लागि सामाजिक सञ्चाल बन्द गरिएको हो,' टेलिकमकी महाप्रबन्धक कामिनी राजभण्डारीले पत्रकार माझ भनिन्। उनका अनुसार मंगलबारदेखि नै टेलिकम कार्यालयहरुमा सामाजिक सञ्जालको लिंक बन्द गरिएको छ।

यद्यपी सामाजिक सञ्जालमै काम गर्नुपर्ने विभागहरु कस्टमर केयर लगायतमा भने बन्द नगरिएको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले बताइन्।

कार्यालय समयमा पनि कर्मचारीहरु सामाजिक सञ्जालमा व्यस्त हुँदा सेवाग्राहीको काममा ढिलासुस्ती भएको गुनासो बढेपछि टेलिकमले यस्तो कदम चालेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.