|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संसोधनको बारेमा प्रमुख दलहरुबीच बुधबार फेरि छलफल गर्ने भएका छन्। मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख ५ दलको बैठकमा प्रधानमन्त्री दाहालले संविधान संसोधनको विषयलाई टुंग्याउन आग्रह गरेका थिए।

बैठकमा सहभागी दलहरुले संयुक्त रुपमा भर्खरै गठन भएको राष्ट्रिय जनता पार्टीसँग पनि छलफल गर्नुपर्ने धारणा राखेपछि बुधबार बिहानको लागि बैठक बोलाइएको नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिए।

प्रधानमन्त्रीले भोली कांग्रेस, एमाले, राप्रपा र राष्ट्रिय जनता पार्टीसँग संयुक्त रुपमा छलफल गर्ने उनल बताइन्। आजको बैठकमा नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र मधेसी जन अधिकार फोरम लोकतान्त्रिक पार्टीका शिर्ष नेताहरु उपस्थित थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.