|

रुपन्देही : राज्य विप्लवको मुद्दामा स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउतलाई जिल्ला अदालत रुपन्देहीले साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। उनी विरुद्ध रौटहटमा समेत मुद्दा रहेकाले अदालतले रौतहट अदालतमा पेस गर्न आदेश पनि दिएको छ।

सिराहा अदालत तथा त्यसभन्दा अघि सर्वोच्च अदालतले समेत राउतलाई यही मुद्दामा धरौटीमा छाडेको थियो। जिल्ला अदालत रुपन्देहीले सोमबार र मगंलवार गरी दुई दिनसम्म चलेको थुनछेक बहसपछि राउतलाई साधारण तारेखमा छाड्ने आदेश दिएको हो।  

'घटना हुँदा घटनास्थलमा नभएको, घटना हुँदा समेत राउत थुनामै रहेको तथा अन्य प्रतिवादीहरुले समेत राउतको निर्देशनमा घटना घटाएको बयान नदिएका कारण उनी दोषी हुन् भन्ने तत्काललाई प्रमाणहरु नभएकाले'  साधारण तारेखमा  रिहा गर्ने आदेश भएको जिल्ला अदालत रुपन्देहीका श्रेस्तेदार सन्जीव पोखरेलले जानकारी दिए।

न्यायधीस ऋषिराम आचर्यको ४ नम्बर इजलासबाट यस्तो आदेश भएको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उनी विरुद्ध राज्य विप्लव मुद्धा लगाउँदै जन्म कैदको माग सहित अघिल्लो आइतबार जिल्ला अदालत रुपन्देहीमा हाजिर गराएको थियो।

तर राउतको पक्षबाट बहस गरेका कानुन ब्यसायीहरुले प्रहरीले उक्त मुद्दा हचुवाको भरमा ल्याएको जिकीर गरेका थिए। राउत गत माघ ३० मा सिराहामा पक्राउ परी थुनामा रहेको तथा चैत ३१ मा धरौटीमा रिहा भएलगत्तै सिराहा प्रहरीले रुपन्देही प्रहरीलाई बुझाएको र सोही बीच फागुन ७ र ८ मा मर्चवारमा भएको घटनामा राउतलाई दोषी ठहराउनु वा उनकै निर्देशनमा भएको भन्नु झुटो भएको कुरालाई जोडदार रुपमा उठाए।

राउत समर्थक कार्यकर्ताहरुमाथि फागुन ७ र ८ मा विद्यार्थीलाई अगाडी लगाएर प्रहरीमाथि हमला गर्दै हतियार लुटेको अभियोग थियो। सोही अभियोगमा पक्राउ परेका अन्य ८ जना पनि धरौटीमा छुटेका छन्। उनीहरुलाई जनही दश\दश हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको अदालतका श्रेस्तेदार पोख्रेले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.