|

जनकपुरधाम : धनुषाको जनकपुरमा भएको एक सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। जनकपुर उपमहानगरपालिकाको वडा नं. १४ स्थित मुजेलियामा बस र जिप ठोक्किदा दूई जनाको मृत्यु भएको छ भने, पाँच जना घाइते भएका हुन्।

मंगलबार दिउँसो साढे २ बजे जनकपुरबाट वीरगञ्ज तर्फ गइरहेको ना २ ख ५२२६ नम्बरको बस र ना १५ च १७५० नम्बरको जिप ठोक्किदा जिपमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मृत्यु हुनेमा सर्लाही हरिवन वडा नं. ९ बम उमेशकुमार कर्ण र सर्लाही घुर्कोलीका भुलबहादुर रहेको प्रहरीले जनाएको छ।

घाइतेहरुमा सर्लाही ववरगञ्जका ईश्वरीदेवी राउत, धनुषा उमाप्रेमपुर वडा नं. ६ का मन्दिरा लामा, अन्कबहादुर लामा, इरसग बहादुर लामा र चितवन मिनपाका ममता श्रेष्ठ रहेका छन ।

मृतक दुवैको शवलाई पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक लालमणि आचार्यले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.