इलाम : भुकम्पमा ज्यान गुमाउनेहरुको संझनामा इलाममा मैत्रीपुर्ण बास्केटबल खेल आयोजना गरिएको छ। २०७२ साल वैशाख १२ गतेको ७ दशमलव ६ रेक्टरस्केलको प्रलयकारी महाभूकम्पमा ज्यान गुमाउनेहरुको संझनामा बास्केटबल इलामको आयोजना र नेपाल बास्केटबल एसोसिएनको सहयोगमा मैत्रीपुर्ण खेल आयोजना गरिएको हो।
पहिलो खेलमा सुनसरीले इलाम गल्र्समाथि ३ का विरुद्ध ५ स्कोर गर्दै जित निकाल्यो। दोस्रे खेलमा कालिध्वज गणले इलाम ब्वाइजमाथि १३ का विरुद्ध ३० जित निकाल्यो। मैत्रीपूर्ण खेलमा सहभागि सबैलाई बास्केटबल एशोसियसनका केन्द्रीय उपाध्यक्ष सुरज लामा, प्रहरी उपरीक्षक सुशिलकुमार यादव, कालिध्वज गणका गणपती प्रकाश लामिछाने र अग्रज पत्रकार धर्म गौतमले प्रमाणपत्र र मायाको चिनो प्रदान गरेका थिए।
बास्केटबल इलामका संयोजक रोहन आर्चायले इलामका खेलाडीहरुको कौशल प्रर्दशन गर्नका लागी बास्केटबल ट्यालेन्ट हन्ट र भुकम्पमा ज्यान गुमाउनेहरुको संझनामा मैत्रीपुर्ण खेल आयोजना गरिएको बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।