|

काठमाडौं : पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका केन्द्रीय संयोजक डा. बाबुराम भट्टराईले ट्‍विटर ह्‍यान्डल परिवर्तन गरेका छन्। जनयुद्धदेखिको उपनाम 'लालध्वज' राखेर ट्‍विटरमा सक्रिय डा. भट्टराईले @brb_laaldhwoj नाम परिवर्तन गरी @brb1954 राखेका हुन्।

उनले नाम परिवर्तनबारे ध्यानाकर्षण गराउँदै ट्‍विट गरेका छन्। 

डा. भट्टराई १९५४ जुन १८ मा जन्मेका हुन्। आफ्नो छोटकरी नाम र आफू जन्मेको वर्ष जोडेर उनले नयाँ ह्‍यान्डल बनाएका हुन्। गत वर्ष असोज ९ गते माओवादी परित्याग गरेका डा. भट्टराईले गत जेठ ३१ गते काठमाडौंमा नयाँ शक्ति नेपालको घोषणा गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.