|

एजेन्सी : ब्रिगिट ट्रोग्नेक्स अहिले म्याडम म्याकरोन नामले चर्चित छिन्। उनका श्रीमान् इम्यानुयल म्याकरोन ३९ वर्षकै उमेरमा फ्रान्सको राष्ट्रपति निर्वाचित भएका छन्। म्याकरोन फ्रान्सको राष्ट्रपतिमा निर्वाचित हुने सबैभन्दा कान्छा व्यक्ति हुन्। उनकी श्रीमती ब्रिगिट ( अहिले म्याडम म्याकरोन) जो फ्रान्सको संभावित फस्ट लेडी बन्न सक्छिन्, उनी म्याकरोनभन्दा २५ वर्षले जेठी छिन्। जानिराख्नुस् कसरी यी दुई प्रेममा परे।

त्यसो भए को हुन् ब्रिगिट ?

छोटकरीमा उनको परिचय इम्यानुयल म्याकरोनकी श्रीमती हो। उनी ६४ वर्षकी भइन्। उनले सन् २००७ मा म्याकरोनसँग बिहे गरेकी थिइन्। त्यसअघि उनी हाइस्कुल पढ्दा म्याकरोनकी शिक्षिका थिइन्।

उत्तरी फ्रान्समा रहेको इम्यानुयल पढ्ने हाइस्कुलमा ब्रिगिट फ्रेन्च भाषा पढाउँथिन्। म्याकरोन अभिनेता बन्न चाहन्थे। ब्रिगिट उनलाई हेर्न नाटकघर पुग्थिन्।

माथिको फोटो त्यतिबेलाको हो जतिबेला नाटकघरमा ब्रिगिटले पहिलोपटक म्याकरोनलाई किस गरेकी थिइन्। स्रोतका अनुसार उनीहरुबीच पहिलो नजरै माया बसेको थियो। दुईबीच पढ्ने र पढाउने विषयमा धेरै बहस हुन्थ्यों। क्लास बाहिर पनि ब्रिगिटले म्याकरोनले भरेका कापीहरु पढ्थिन्। 'उनले म्याकरोनका विषयमा खुलेर प्रशंशा गर्थिन्। उनी म्याकरोनको लेख्ने शैलीबाट निकै आकर्षित थिइन्,' म्याकरोनका सहपाठीले ला पर्सियन पत्रिकासँगको अन्तरवार्तामा भनेका छन्।

१८ वर्षको उमेरमा म्याकरोन पेरिस सरे। त्यसपछि आफ्नो परिवार छाडेर ब्रिगिटले पनि पछ्याइन्। पेरिस म्याच म्यागेजिनसँगको कुराकानीमा ब्रिगिटले भनेकी छिन्,'१७ वर्षको उमेरमा इम्यानुयल म्याकरोनले मलाई भनेका थिए। तपाई जे सुकै गर्नुस्। म तपाईलाई बिहे गर्छु!!!'

उमेरको ग्यापका विषयमा गत सेप्टेम्बरमा मात्रै फ्रान्समा भएको एक अध्ययनले के देखाएको छ भने फ्रेन्च महिलाहरु आफुभन्दा कम उमेरमा प्रेमी बनाउँछन्।

अब कुरा आयो म्याकरोनका अभिभावकको। उनीहरुले ४० वर्षकी ब्रिगिटलाई आफ्नो १६ वर्षको छोरासँग नजिक नहुन भनेका थिए। कम्तिमा पनि उनी १८ वर्ष नपुग्दासम्म उनीहरुले यस्तो निर्देशन दिएका थिए। राष्ट्रपतिका उम्मेदवार रहँदा सार्वजनिक भएको म्याकरोनको बायोग्राफीमा यो विषय उल्लेख छ।

के अझै ब्रिगिट शिक्षिका नै छिन् ?

उनले म्याकरोनको राजनीतिक करियरमा सहयोग गर्नका लागि आफ्नो शिक्षण करियर त्यागिन्। पेरिस म्यान म्यागेजिनका अनुसार उनी म्याकरोनकी विश्वासयोग्य सल्लाहकार हुन्। ' उनले आफ्नो पुरै समय म्याकरोका लागि खर्च गर्छिन्। म्याकरोनका विषयमा लेखिएका तथा भनिएका सबै कुराहरु गम्भीरतापूर्वक सुन्छिन्। म्याकरोनले उनीसँग प्रश्‍न राख्छन् र सल्लाह लिन्छन्,' म्यागेजिनमा लेखिएको छ।

म्याकरोनसँग भेट्नुअघि ब्रिगिट विवाहित थिइन् ?

हो थिइन्। उनका ३ बच्चाहरु थिए। अहिले सबै हुर्किसकेका छन्। उनका ६ जना नाति-नातिना समेत छन्। उनी फ्रान्सको सम्पन्न तथा प्रतिष्ठित परिवारकी छोरी हुन्।

के अब उनी फस्ट लेडी बन्नेछिन् ?

फ्रान्समा आधिकारिक रुपमा फस्ट लेडी हुँदैनन्। तर म्याकरोनले ब्रिगिटलाई फस्ट लेडी बनाएर नयाँ परम्परा सुरु गर्न चाहेका छन्। 'यदी म विजयी भएँ भने। माफ गर्नुहोला हामी विजयी भएपछि, उनी पद र भूमिकासहित त्यहाँ हुनेछिन्,' गत अप्रिलमा म्याकरोनले समर्थकहरुसँग भनेका थिए।

त्यसो भए फस्ट लेडीका रुपमा ब्रिगिटले के कुरा टेबल गर्नेछिन् ?

शिक्षिका भएका कारण उनीसँग नेतृत्वदायि क्षमता छ। 'शिक्षिका भएका कारण मैले युवाहरुलाई राम्रोसँग बुझ्छु। म उनीहरुको शिक्षाका लागि लड्न चाहन्छु,' पेरिस म्याचसँगको अन्तरवार्तामा उनले भनेकी छिन्। 

म्याकरोनका धेरै समर्थकमध्ये उनकी पत्नी ब्रिगिट त्यस्ती समर्थक हुन् जसले टिनएजदेखि नै म्याकरोनको क्षमतामा विश्‍वास गरिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.