|

काठमाडौं: आइतबार भएको स्थानीय निर्वाचनको मत परिणाम आउन सुरु भएको छ। अहिलेसम्म एउटा गाउँपालिकाको मात्रै अन्तिम परिणाम आएको छ।

मनाङको चामे गाउँपालिकामा एमालेका उम्मेदवार लोकेन्द्रबहादुर घले निर्वाचित भएका छन्। उनी २१४ मत पाएर विजयी भएका हुन्। प्रतिद्वन्द्वी कांग्रेस उम्मेवारले १७३ मत प्राप्त गरे।

पहिलो तहको निर्वाचमा भएको चारवटा महानगरपालिकामध्ये ललितपुर महानगरपालिकामा मतगणना भइरहेकोमा नेपाली कांग्रेसका उम्मेदवार अगाडि रहेका छन्। कांग्रेस उम्मेदवार चिरबाबु महर्जनले २१८ मत ल्याएका छन् भने एमाले उम्मेदवार हरिकृष्ण व्यञ्जकारले १८५ मत प्राप्त गरेका छन्। सिन्धुलीको गोलान्जोर गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन्।

म्याग्दीको बेनी नगरपालिकाको प्रमुखका लागि एमाले–राप्रपा गठबन्धनका उम्मेदवारले प्रमोद श्रेष्ठले २०५ र कांग्रेस–माओवादी केन्द्रका उम्मेदवार हरिकुमार श्रेष्ठले १५२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी गराएको छ।

ललितपुर महाङ्काल गाउँपालिका–६ को अध्यक्षमा एमाले उम्मेदवार रामकृष्ण आचार्य विजयी भएका छन्।  हुम्लाको ताँजाकोट गाउँपालिकामा माओवादी केन्द्रका बगदल मल्लले अग्रता लिएका छन्। २०० मत गणना हुँदा माओवादी केन्द्रले ७६ मत प्राप्त गरेको छ।  हुम्लाको सिमिकोट गाउँपालिकामा नयाँ शक्ति पार्टी नेपाल अगाडि रहेको छ। नयाँ शक्ति उम्मेदवार जसबहादुर भण्डारीले ४३, कांग्रेस उम्मेदवारले २५, माओवादी केन्द्र उम्मेदवारले १२ मत प्राप्त गरेका छन्।

यता ललितपुरको महाँकाल– ६ को वडाध्यक्षमा एमालेका उम्मेदवारले  जितेको छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.