|

काठमाडौं : कीर्तिपुर नगरपालिकाका विभिन्न पदमा नवनिर्वाचित पदाधिकारीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन्।

मतदान अधिकृत गजेन्द्रबहादुर सिंहले नगर प्रमुख रमेश महर्जन, उपप्रमुख सरस्वती रिजाल तथा १० वडाध्यक्षलाई सपथ गराए। सिंहले लामो समयपछि स्थानीय जनप्रतिनिधिले स्थानीयवासीको सहभागितामा विकास, निर्माणका काम गर्ने अवसर प्राप्त भएको बताए। उनले सिंहदरबारमा केन्द्रित अधिकारलाई स्थानीय सरकारमार्फत जनतामा पुर्‍याई परिवर्तनको अनुभूति गराउन नवनिर्वाचित पदाधिकारीलाई सुझाव दिए।

सपथ लिएपछि नगरप्रमुख महर्जनले कानुनले दिएको अधिकारलाई प्रयोग गरी स्थानीय पूर्वाधारको विकास गर्ने प्रतिबद्धता जनाए। उपप्रमुख रिजालले स्रोतसाधनको बाँडफाँड तथा वित्तीय परिचालनमा जोड दिइने बताइन्।

कुल १० वडा रहेको सो नगरपालिका–१ मा दलित सदस्यको उम्मेदवारी नपरेका कारण ३९ निर्वाचित सदस्यलाई नगरप्रमुख महर्जनले सोही कार्यक्रममा सपथ गराए। नगरप्रमुख तथा उपप्रमुखले आजै नगरपालिका कार्यालयमा गई पदबहाली गर्रेका छन्।  सो नगरपालिकाका सात वडाध्यक्षमा नेकपा(एमाले) र तीन वटामा नेपाली काँग्रेस विजयी भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.