|

भक्तपुर : चाँगुनारायण नगरपालिकामा विवादका कारण मतगणना रोकिएको तीन दिन बितिसक्दा सुरु हुन सकेको छैन्। दलहरुका प्रतिनिधिबीच सहमति हुन नसकेका कारण गत शुक्रबारदेखि रोकिएको मतगणना अझै सुरु भएको छैन्।

सहमतिका लागि दलहरुबीच पटकपटक छलफल गरे पनि सहमति हुन नसकेको र भोलि (मङ्गलबार) बिहान ८ बजे पुनःसर्वपक्षीय बैठक आह्वान गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जानकारी दिए। दलबीचको छलफलमा सहमति हुन नसकेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत निर्वाचन कार्यालयले निर्वाचन आयोगलाई पत्राचार गरेको थियो।

निर्वाचन आयोगले आज साँझ मतपरिणाम घोषणा हुन बाँकी रहेको वडाका हकमा पुनःमतगणना गर्नसक्ने तर दलको सहमति लिएर निर्णय गर्नु भन्ने जवाफ पठाएपछि भोलि सर्वपक्षीय बैठक आह्वान गरेको निर्वाचन कार्यालयले जनाएको छ।

नेपाली काँग्रेसले चाँगुनारायण नगरपालिकाको ३ र ४ नं वडाको मात्र पुनः मतगणना गर्नुपर्ने माग राखेको छ। तर एमालेले काँग्रेस विजयी भइसकेको वडा नं १ देखि ४ सम्म नै मतगणना गर्नुपर्ने माग राखेपछि विवाद देखिएको छ। नेपाली काँग्रेस, नेमकिपा, राप्रपा, नयाँ शक्ति, माओवादी केन्द्र पार्टीले मतगणनामा रहेका कर्मचारी एमाले समर्थित रहेका कारण मतगणनामा एमालेको मत बढी आएको आरोप लगाएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.