|

काठमाडौं : उपत्यकाका तीन जिल्ला ललितपुर ,काठमाडौं र भक्तपुरका पत्रकार महासंघ शाखाले आगामी बजेटमा अहिले वितरण भइरहेको पत्रपत्रिकाको लोककल्याणकारी विज्ञापन दोब्बर पार्न सरकारसँग माग गरेका छन्। सरकारले बजेटमार्फत साना सञ्चारमाध्ययमलाई आत्मनिर्भर हुने खालको ल्याउनुपर्ने माग यी शाखाहरुको छ।

जेष्ठ पत्रकारलाई मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउनुपर्ने, पत्रकारको दुर्घटना विमाको सट्टा जिवन विमा गर्नुपर्ने,पत्रकारलाई यातायातमा छुट दिनुपर्ने जस्ता माग यी शाखाहरुको छ।

यसैगरी आगामी बजेटमा अहिलेसम्म आफ्नो भवन नभएका तीन शाखाको भवन निर्माण गर्न जग्गा र आर्थिक सहयोग उपलब्ध गराउन पनि माग गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.