|

काठमाडौं : डा.गोविन्द केसीका मागमा ऐक्यवद्धता जनाउँदै शनिबार माइतिघरबाट नयाँ बानेश्वरसम्म पैदल यात्रा गरिएकाे छ। सोलिडारिटी फर डा. गोविन्द केसी अलाइन्सले गरेको पैदल यात्रामा गत साता १६ औँ दिनमा आठौँ पटकको अामरण अनसन तोडेका प्रा. डा. गोविन्द केसी पनि सभागी भए। पैदलयात्रामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउन माग गरिएको थियो। 

१६ दिने अनसन ताेडेर त्रिवि शिक्षण अस्पालमा उपचाररत डा. केसी बिजुलीबजारको पुलदेखि पैदल यात्रामा सहभागी भएका थिए। उनकाे हातमा ब्यान्डेज बाँधिएकै थियो। केसीसँग अस्पतालका विद्यार्थी पनि सहभागी भएका थिए। 

पदयात्रामा सहभागीले डा. केसीकाे समर्थनमा नारा लगाउँदै स्वागत गरेका थिए। गम्भीर मुद्रामा देखिएका डा. केसीले पदयात्रामा सहभागीकाे स्वागतलाई हात हल्लाउदै स्वीकार गरेका थिए। 

डा. केसीले बानेश्वरमा काेणसभामा परिणत भएकाे पदयात्रालाई सम्बाेधन गरे। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले 'आफ्नो अधिकारको दुरुपयोग गरी संत्रासको स्थिति सिर्जना गरेर समानान्तर सत्ता चलाइरहेको' आरोप लगाए।

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.