|

काठमाडौं : काठमाडौं महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विद्यासुन्दर शाक्य विजयी भएका छन्। त्यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसकी हरिप्रभा खड्की विजयी भएकी छन्।

काठमाडौं महानगरपालिकाको प्रमुखमा विजयी भएका एमालेका शाक्यले ६४ हजार ९ सय १३ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार राजुराज जोशीले ४५ हजार २ सय ६९ मत प्राप्त गरे। शाक्यले जोशीको भन्दा १९ हजार ६ सय ४४ मत बढी पाएका हुन्। प्रमुख पदकै प्रतिष्पर्धी विवेकशील नेपाली दलकी रञ्जु दर्शनाले २३ हजार ४ सय ३९ मतका साथ तेश्रो स्थानमा रहिन्।

त्यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसकी हरिप्रभा खड्गीले ५८ हजार ९ सय ५२ मतका साथ बिजयी भइन्। निकटतम प्रतिद्वन्द्वी राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार ८ सय ५४ मत प्राप्त गरे। नेपाली कांग्रेसकी उपमेयर खड्गी र श्रेष्ठको मतान्तर २४ हजार ९८ रहेको छ। विजयी मेयर र उपमेयरका उम्मेदवारहरुले काठमाडौं महानगरपालिकालाई स्वच्छ सफा बनाउने प्रतिवद्धता जनाएका छन्।

मतपरिणाम घोषणा संगै विजयी उम्मेदवारहरुका समर्थकले बाजा गाजा सहित नगरपरिक्रमा गरेका थिए। स्थानीय तह निर्वाचन अन्तर्गत पहिलो चरणमा बैशाख ३१ गते भएको मतदानको परिणाम झण्डै २ साता पछि मात्रै सकिएको हो। काठमाण्डौ महानगरपालिकाको कुल खसेको १ लाख ९७ हजार २ सय २७ मत मध्ये ६ हजार १ सय ८३ मत बदर भएका छन्।

हेर्नुस् फोटोहरु :

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.