|

काठमाडौं : उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले आर्थिक वर्ष २०७४/७५ को बजेटमा नयाँ कार्यक्रम पेश नगरिए पनि बजेटले ब्रेक थ्रु गरेको बताएका छन्। बजेट प्रस्तुत गरेको भोलिपल्ट मंगलबार पत्रकारसंग कुराकानी गर्दै महराले ल्याउनै पर्ने कार्यक्रम ल्याँउदा पनि बजेट राम्रो भएको बताएका हुन्।  

'प्रधानमन्त्रीले राजिनामा दिएको अवस्था, निर्वाचन आचारसंहिता र संवैधानिक व्यवस्था अनुसार जेठ १५ मै वजेट पेश गर्नुपर्ने त्रिकोणात्मक विशिष्ट परिस्थितिमा बजेट आएको छ। नयाँ कार्यक्रम ल्याउन नमिल्ने भए पनि स्थानीय स्तरमा अधिकार सहित बजेट ल्याउनुनै बजेटले गरेको ब्रेक थ्रु हो' महराले भने।

उनले बजेटबाट जनता खुसी र केन्द्रमा बसेर बजेटमा चलखेल गर्नेहरु दुखी भएको टिप्पणी गरेका छन्। 'देशभरका जनता नयाँ बजेटमा खुसी छन्, आफ्नै गाउँ ठाउँ तोकिएर स्थानीय तहमै बजेट पठाइएको छ, केन्द्रमा बसेर हालिमहुली गर्नेहरु बेखुस छन् उनीहरुले पनि प्रतिक्रिया दिन सकेका छैनन्' महराले भने।

उनले बजेट संघीयता कार्यान्वयनको मुख्य कडी भएको समेत बताएका छन्। 'अवस्था पनि त्यस्तै देखिएको छ, गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री पनि हाम्रो अध्यक्ष बन्नु भयो,संघीयता कार्यान्यवन गर्नको लागि स्थानीय तहमा बजेट छुट्टाएर ब्रेक थ्रु गरेका छौंं अब संघीयता के होला भन्नुपर्ने स्थिति छैन' महराले भने।

अर्थ सचिव शान्तराज सुवेदीले बजेट संघीयता कार्यान्वयनको कोशेढुङ्गा सावित हुने बताए। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले समेत संघीयता कार्यान्वयनमा आएको बताए। अर्थमन्त्री महराले बजेट आकारको हिसाबले केही ठूलो भए पनि कार्यान्वयनमुखी भएको दाबी गरे। 

काठमाडौं केन्द्रित जनसंख्या घटाउनु बजेटको मुख्य विशेषता

अर्थमन्त्री महराले बजेटको मुख्य विशेषता भनेकै काठमाडौं केन्द्रित नेता तथा जनाता आफ्नै ठाउँमा फर्कने भाव जगाउनु भएको बताए। उनले स्थानीय तहमा अधिकार बढाएसंगै काठमाडौं किन बस्ने भन्ने भाव जनतामा देखिएको दावी गरे। 'हिजोदेखि नेता तथा कार्यक्रताहरुले पनि प्रतिक्रिया दिनुभएको छ, जनता तथा नेताहरुले मेरो ठाउँमा यति बजेट परेको छ भनेर लेखिरहनुभएको छ, खुसी लागेको छ, मैले पनि रातिदेखि सोचिरहेको छु, सबै अधिकार गाउँमा भएपछि यहाँ किन बस्ने' महराले प्रश्न गरे।

उनले पत्रकारहरुका लागि सातवटै प्रदेशमा प्रशिक्षण प्रतिष्ठान खोल्न थालिएको बताउदै आफ्नै गाउँ ठाउँमा काम गर्नको लागि समेत आग्रह गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • Ganatantra ra sambidhan shot up ko bajeta jantako nigranima hos baker ko karnoyan hunxa parxa