सबैभन्दा बढी रुपन्देहीमा ५ अर्ब, सबैभन्दा कम रुकुममा ७९ करोड १७ लाख

|

रुपन्देही : सरकारले संघीय संरचनाअनुसार गाउँ, नगर, उपमहानगर र महानगरलाई आफैले विकासको खाका तयार पारेर खर्च गर्न सक्ने गरी बजेट बिनियोजन गरेको छ।

जसअनुसार गाउँपालिकाले १० करोडदेखि ३९ करोड, नगरपालिकालाई १५ करोडदेखि ४३ करोडसम्म, उपमहानगरपालिकालाई ४० करोडदेखि ६३ करोडसम्म र   महानगरपालिकालाई ५६ करोडदेखि १ अर्ब २४ करोडसम्म अनुदान दिइने सोमबार प्रस्तुत बजेटमा उल्लेख गरिएको छ। यसरी सरकारले २ सय ३२ अर्ब रुपैयाँ स्थानीय तहका लागि विनियोजन गरेको छ।

प्रदेश नम्बर पाँचका १२ जिल्लामध्ये सबैभन्दा बढी रुपन्देहीमा बजेट विनियोजन भएको छ भने सबैभन्दा कम रुकुममा बजेट दिइएको छ। नवलपरासी र रुकुम जिल्ला प्रदेश विभाजनका क्रममा दुई वटा प्रदेशमा परेकाले फरक-फरक प्रदेशमा राखेर बजेट दिइएको छ ।

रुपन्देहीमा ५ अर्ब ३४ करोड १४ लाख २३ हजार रुपैयाँ बजेट विनियोजन भएको छ भने सबैभन्दा कम रुकुममा ७९ करोड १७ लाख ६ हजार रुपैयाँ छुट्याइएको छ।  दाङमा  ४ अर्ब ७ करोड १६ लाख ९८ हजार, कपिलवस्तु जिल्ला ३ अर्ब ९८ करोड ४२ हजार, बाँकेमा ३ अर्ब २७ करोड  ८० लाख ७३ हजार र बर्दियामा ३ अर्ब १२ करोड ६१ लाख ४ हजार बजेट विनियोजन भएको छ।

यस्तै  गुल्मीमा ३ अर्ब २० करोड ६२ लाख ६६ हजार, पाल्पामा ३ अर्ब ९ करोड २२ लाख ६४ हजार, रोल्पामा २ अर्ब ६५ करोड ४१ लाख १५ हजार, प्युठानमा २ अर्ब ४२ करोड ९ लाख  १८ हजार, नवलपरासीमा २ अर्ब ३५ करोड ९ लाख १ हजार, अर्घाखाँचीमा २ अर्ब २४ करोड  ९२ लाख ५० हजार, रुकुम ७९ करोड १७ लाख ६ हजार रुपैयाँ विनियोजन भएको छ।

हेरौं, प्रदेश नम्बर पाँचका जिल्लाहरुका लागि छुट्याइएको बजेट

रुपन्देही

बुटवल उपमहानगरपालिका : ५८ करोड ५८ लाख ३४ हजार

तिलोत्तमा नगरपालिका :   ५३ करोड ८७ लाख ४९ हजार

देवदह नगरपालिका :  ३८ करोड ३६ लाख ७३ हजार

लुम्बिनी सांस्कृतिक नगरपालिका :  ४५  करोड ३३ लाख ७१ हजार

सिद्वार्थनगर नगरपालिका :  ३४ करोड ४३ लाख १९ हजार

सैनामैना नगरपालिका :  ३६ करोड १६ लाख ७६ हजार

ओमसतिया गाउँपालिका :  २३ करोड २४ लाख ३० हजार

कन्चन गाउँपालिका :  २२ करोड ४८ लाख ७८ हजार

कोटहीमाई गाउँपालिका :  २६ करोड ७७ लाख ३९ हजार

गैडहवा गाउँपालिका : ३४ करोड ६६ लाख ४५ हजार

मर्चवारी गाउँपालिका :  २५ करोड ६४ लाख ३४ हजार

मायादेवी गाउँपालिका :  २९ करोड ८२ लाख २६ हजार

रोहिणी गाउँपालिका :  २७ करोड ०९ लाख ३८ हजार

शुद्धोधन गाउँपालिका :  २४ करोड ६२ लाख १७ हजार

सम्मरीमाई गाउँपालिका :  २६ करोड १६ लाख २४ हजार

सियारी गाउँपालिका :  २६ करोड ८६ लाख ८१ हजार

नवलपरासी

बर्दघाट नगरपालिका :  २९ करोड ४४लाख ९७ हजार

ररामग्राम नगरपालिका :  ३८ करोड ८२ लाख ८८ हजार

सुनवल नगरपालिका :  २९ करोड ४५ लाख ५० हजार

सुस्ता गाउँपालिका :  २५ करोड ५९ लाख ९२हजार

पाल्हीनन्दन गाउँपालिका :  २८ करोड ९७ लाख ९२ हजार

प्रतापपुर गाउँपालिका :  ३२ करोड ३२ लाख ५४ हजार

सरावल गाउँपलिका : २७ करोड ४५ लाख २७ हजार 

कपिलवस्तु

कपिलवस्तु नगरपालिका : ५० करोड १८ लाख ३७ हजार

कृष्णनगर नगरपालिका :  ३८ करोड ६१ लाख १४ हजार

वाणगंगा नगरपालिका :  ४६ करोड ४५ लाख ५२ हजार

बुद्धभुमि नगरपालिका :  ४८ करोड २८ लाख ८५ हजार

महाराजगञ्ज नगरपालिका : ३९ करोड १२ लाख २० हजार

शिवराज नगरपालिका :  ५० करोड १५ लाख

मायादेवी गाउँपालिका : ३२ करोड ८७ लाख २२ हजार

यसोधरा गाउँपालिका :  २८ करोड ९४ लाख ९८ हजार

विजयनगर गाउँपालिका :  ३० करोड ४७ लाख ७९ हजार

शुद्धोधन गाउँपालिका :  ३२ करोड ८९ लाख ३५ हजार 

अर्घाखाँची 

भुमिकास्थान नगरपालिका :  ३६ करोड ९२ लाख २९ हजार

शितगंगा नगरपालिका :  ५१ करोड ५९ लाख २८ हजार

सन्धिखर्क नगरपालिका :  ४० करोड ७ लाख ९४ हजार

मालारानी गाउँपालिका :  ३३ करोड ७६ लाख १ हजार

छत्रदेव गाउँपालिका :  २८ करोड ५८ लाख २८ हजार

पाणिनी गाउँपालिका :  ३३ करोड ९८ लाख ७० हजार

पाल्पा

तानसेन नगरपालिका :  ४३ करोड ११ हजार ९१ लाख 

रामपुर नगरपालिका :  ३८ करोड ८३ हजार २३ लाख

तिनाउ गाउँपालिका :  २६ करोड २३ लाख ६५ हजार

निस्दी गाउँपालिका :  ३२ करोड ८८ लाख ५८ हजार

पूर्वखोला गाउँपालिका :  २४ करोड ५३ लाख ९३ हजार

बगनाशकाली गाउँपालिका :  २९ करोड ३२ लाख ७१ हजार

माथागडि गाउँपालिका :  २९ करोड ८८ लाख १५ हजार

रम्भा गाउँपालिका :  २३ करोड ५३ लाख ५३ हजार

रिब्दीकोट गाउँपालिका :  २९ करोड ४० लाख ५३ हजार

रैनादेवी छहरा गाउँपालिका :  ३३ करोड ५५ लाख ४२ हजार 

गुल्मी 

मुसिकोट नगरपालिका : ३५ करोड २८ लाख १६ हजार

रेसुङ्गा नगरपालिका :  ३१ करोड ४० लाख ५६ हजार

ईस्मा गाउँपालिका :   २४ करोड ५७ लाख ३० हजार

कालिगण्डकि गाउँपालिका :  २३ करोड ७० लाख ६७ हजार

गुल्मीदरबार गाउँपालिका :  २३ करोड १४ लाख ९२ हजार

चन्द्रकोट गाउँपालिका :  २५ करोड ४३ लाख ७२ हजार

छत्रकोट गाउँपालिका :  २४ करोड ५२ लाख ४८ हजार

धुर्कोट गाउँपालिका :  २७ करोड ६२ लाख ६५ हजार

मदाने गाउँपालिका :  २६ करोड ६६ लाख ३१ हजार

मालिका गाउँपालिका : २७ करोड ५० लाख ९१ हजार

रुरु गाउँपालिका :  २३ करोड ४८ लाख ५५ हजार

सत्यवती गाउँपालिका :   २७ करोड २५ लाख ५२ हजार

रुकुम

पुथा उत्तरगंगा गाउँपालिका :  २८ करोड ८७ लाख ६१ हजार

भूमे गाउँपालिका :  २५ करोड ८० लाख ४४ हजार

सिस्ने गाउँपालिका :  २४ करोड ४९ लाख १ हजार

रोल्पा

रोल्पा नगरपालिका :  ३८ करोड ७५ लाख ७७ हजार

त्रिवेणी गाउँपालिका :   २७ करोड ७९ लाख २० हजार

थवाङ गाउँपालिका :   १६ करोड ५० लाख ६१ हजार

दुईखोली गाउँपालिका :  २४ करोड २० लाख २७ हजार

माडी गाउँपालिका :   २४ करोड ९६ लाख ६६ हजार

रुन्टीगढी गाउँपालिका :  ३१ करोड ६५ लाख २३ हजार

लुङग्री गाउँपालिका :   २४ करोड ८१ लाख ७९ हजार

सुकिदह गाउँपालिका :  २३ करोड ३९ लाख २८ हजार

सुनछहरी गाउँपालिका :  २२ करोड ५२ लाख ९३ हजार

सुवर्णवती गाउँपालिका : ३० करोड ७९ लाख ५१ हजार

प्युठान 

प्युठान नगरपालिका :  ३६ करोड ९० लाख ८२ हजार

स्वर्गद्वारी गाउँपालिका :  ३२ करोड ५३ लाख २९ हजार

ऐरावती गाउँपालिका :  २४ करोड ५७ लाख १ हजार

गौखुमी गाउँपालिका :  २७ करोड १८ लाख ७० हजार

झिमरुक गाउँपालिका :  २९ करोड २८ लाख ९३ हजार

नौबहिनी गाउँपालिका :  ३१ करोड ७५ लाख ५५हजार

मल्लरानी गाउँपालिका :  १९ करोड ६२ लाख ५३ हजार

माण्डवी गाउँपालिका :  १९ करोड २ लाख ४३ हजार

सरुमारानी गाउँपालिका :  २१ करोड २१ लाख १ हजार 

दाङ

घोराही उपमहानगरपालिका :  ९३ करोड ६७ लाख ५४ हजार

तुल्सीपुर उपमहानगरपालिका :  ७९ करोड ५७ लाख ४० हजार

लमही नगरपालिका :  ३७ करोड ९१ लाख ५९ हजार

गढवा गाउँपालिका :  ३३करोड ७ लाख ७१ हजार

दंगीशरण गाउँपालिका :  २० करोड ४८ लाख ७३ हजार

बंगलाचुली गाउँपालिका :  २८ करोड ५१ लाख ८० हजार

बबई गाउँपालिका :  २९ करोड ३८ लाख ३० हजार

राजपुर गाउँपालिका :  २८ करोड ५५ लाख ३६ हजार

राप्ती गाउँपालिका :  ३० करोड ९६ लाख २४ हजार

शान्तिनगर गाउँपालिका :   २४ करोड २ लाख ३२ हजार

बाँके

नेपालगञ्ज उपमहानगरपालिका :   ६८ करोड २५ लाख ८३ हजार

कोहलपुर नगरपालिका :  ४२ करोड २८ लाख २१ हजार

खजुरा गाउँपालिका :  ३९ करोड ८९ लाख ९७ हजार

जानकी गाउँपालिका :  २६ करोड ८७ लाख ३७ हजार

डुडुवा गाउँपालिका :  २८ करोड ५६ लाख ८० हजार

नरैनापुर गाउँपालिका :  ३० करोड ९० लाख १३ हजार

बैजनाथ गाउँपालिका :  ३६ करोड ६७ लाख २८ हजार

राप्तीसोनारी गाउँपालिका :  ५४ करोड ३४ लाख ५४ हजार

बर्दिया

गुलरिया नगरपालिका :  ४६ करोड ९४ लाख ८५ हजार

ठाकुरबाबा गाउँपालिका :   ३२ करोड ५४ लाख ४९ हजार

बाँसगडी नगरपालिका :  ४३ करोड ८७ लाख ९४ हजार

मधुवन नगरपालिका :  ३५ करोड ८ लाख ५४ हजार

राजपुर नगरपालिका :  ३९ करोड ८६ लाख ८२ हजार

बारबर्दिया नगरपालिका :  ४१ करोड १० लाख २१ हजार

गेरुवा गाउँपालिका :  २९ करोड २४ लाख ५२ हजार

बढैयाताल गाउँपालिका :  ३६ करोड २ लाख ६७ हजार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.