|

बैतडी : पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ मा राष्ट्रिय प्रजातन्त्र पार्टी प्यानलसहित विजयी भएको छ। पञ्चेश्वर वडा नम्बर ६ को वडाध्यक्षमा राप्रपाका रामसिंह पुजारा २५६ मतसहित विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका इन्द्र भण्डारीले १८४ मत प्राप्त गरे।

महिला सदस्यमा सरस्वती पन्त भण्डारी, दलित महिला सदस्यमा शकुन्तला औजी, खुला सदस्यमा गोविन्दसिंह भण्डारी र कृष्णसिंह भण्डारी विजयी भएका छन्। यस्तै दशरथचन्द नगरपालिकामा राप्रपाले अग्रता लिएको छ। 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार २०० मत गनिसक्दा नगरप्रमुखमा राप्रपाका पुष्करराज जोशी ‘लख्खाभाइ’ले १३३, नेपाली कांग्रेसका नरेन्द्रसिंह थापाले ७५, नेकपा एमालेका देवदत्त भट्टले ४३ र नेकपा माओवादी केन्द्रका खिमानन्द भट्टले १८ मत प्राप्त गरेका छन्।

उपप्रमुखमा राप्रपाकी अम्बिकादेवी भण्डारीले ८७, कांग्रेसकी मीना चन्दले ८७, एमालेकी सरस्वती नेपालीले ६६ र माओवादी केन्द्रकी कमला कार्कीले १४ मत प्राप्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.