|

काठमाडौं : सेयर दलाल (ब्रोकर)हरुको कमिसनमा मूल्य अभिवृद्धि कर (भ्याट) तिर्ने व्यवस्था गरेको विरोधमा बिहीबार सेयर कारोबार स्थगित भएको छ। आन्तरिक राजस्व कार्यालयले ब्रोकर कम्पनीहरुलाई कमिसनमा भ्याट तिर्न पत्राचार गरेपछि ब्रोकरहरुले त्यसको विरोधमा बिहीबार सेयर कारोबार स्थगित गरेका हुन्।

विधि र प्रक्रियाबिना नै आन्तरिक राजस्व कार्यालयले कमिसनमा भ्याट तिर्न पत्राचार गरेपछि सेयर कारोबारमा समस्या हुने देखेर कारोबार नगरिएको सेयर ब्रोकर दीपकराज सुवेदीले जानकारी दिए।

भ्याटमा दर्ता नै नभएको कम्पनीलाई भ्यान तिर्न आन्तरिक राजस्व कार्यालयले पत्राचार गरेपछि अन्यौलता छाएकाले विहिबारको कारोबार स्थगित हुन गएको हो। ब्रोकरहरुले यस बारेमा छिटो निर्णय पनि धितोपत्र बोर्डलाई दबाब पनि दिएका छन्। उनीहरुले बिहीबार नै बोर्डमा भ्याटमा दर्ता नभएका ब्रोकर कम्पनीहरुले के आधारमा भ्यान तिर्ने भनी प्रश्न समेत गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.