|

काठमाडौं : पर्याप्त रकम नभएर भनेजस्तो मोवाइल फोन किन्न पाउन भएको छैन? एकै पटकमा धेरै पैसा जुटाउन नसकेको कारणले महंगो मोवाइल किन्न पाउनुभएको छैन भने, अब तपाईको समस्या समाधान भएको छ।

ईजी मोवाइल केयर प्रालिले बिहीबारदेखि किस्ताबन्दीमा मोवाइल बिक्री सुरु गरेको छ। यदि तपाईले ५० हजार भन्दा कम मूल्यको मोवाइल किन्न चाहनुभयो भने २० प्रतिशत र ५० हजारभन्दा बढी मूल्यको मोवाइल किन्न चाहनुभयो भने ३० प्रतिशत डाउन पेमेन्ट (नगद तिरेर) किन्न सक्नुहुनेछ।

बाँकी रकम तपाईले ६ महिना, ९ महिना वा १२ महिनाको मासिक किस्ताबन्दीमा तिर्न सक्नुहुनेछ। जसमा ब्याज लाग्ने छैन। तपाइलाई अर्को सुविधा पनि छ अनलाइनबाट समेत अर्डर गर्न सक्नुहुनेछ। २० वा ३० प्रतिशत डाउन पेमेन्ट र मोवाइल छनोट गरेपछि तपाई भएको स्थानमै ईजी मोवाइल केयरका कर्मचारीले मोवाइल फोन ल्याइदिने छन्। अनलाइन वा अफलाइन दुबैमा दिइएको यो सुविधा अन्तर्गत छ महिना, नौ महिना वा एक वर्ष को किस्ताबन्दीको सुविधा छ।

'हामीले हाम्रा ग्राहकहरुलाई अधिकतम सुविधा दिनको लागि अनलाइन र अफलाइन दुबैमा ५० हजार भन्दा कम मूल्यको मोवाइललाई २० प्रतिशत र ५० हजार भन्दा मथिको मोवाइललाई ३० प्रतिशत डाउन पेमेन्ट गरेपछि मोवाइल घरमै लैजान सक्ने व्यवस्था गरेका छौं'  बिहीबार आयोजित पत्रकार सम्मेलनमा ईजी केयर प्रालिका अध्यक्ष सुजित पौडेलले भने।

अनलाइनबाट किन्नको लागि ईजी मोवाइल केयर डटकममा लग इन गरेर छनोट गर्नुपर्नेछ। अफलाइनको लागि सुन्धारास्थित सिटिसी मलको तेस्रो तलामा रहेको ईजी मोवाइल केयर प्रालिको पसलमा जानुपर्छ। यो सुविधा लिनको लागि तोकिएको बैंकमा खाता हुनुपर्नेछ भने सो बैंकबाट प्राप्त हुने क्रेडिट कार्डमार्फत कम्पनीबाट सिधै मोवाइल किन्न सकिनेछ।

यस्ता छन् अन्य सुविधा

त्यस्तै कुनै पनि ब्राण्ड र मोडलका मोवाइल सेटमा कम्पनीले दिएको भन्दा थप एक वर्षको वारेन्टी सुविधा पनि बिक्रेता ईजी मोवाइल केयरले दिएको छ। उसले चक्रपथभित्रका ग्राहकहरुले मोवाइल बिग्रेको जानकारी दिएमा घरबाटै पिकअप एण्ड ड्रप सुविधा निशुल्क प्रदान गर्नेछ।

ग्राहकहरुले दिएको जानकारीको आधारमा सर्भिस सेन्टरमा भएको ग्राहकको मोवाइल फोन ३० मिनेटभित्र मर्मत गर्ने र कम्पनीबाट कुनै पनि फोन मर्मत गरेपछि सो फोनमा ३० दिनको वारेन्टी दिइने व्यवस्था समेत गरेको छ।

नेपाल टेलिकमसँगको सहकार्यमा मोवाइल खरिदकर्तालाई विशेष डाटा प्याक र क्लासिक टेक प्रालिसँगको सहकार्यमा इन्टरनेट सेवा ३ महिनाको प्याकेजमा १ महिनाको सेवा निशुल्क प्राप्त गर्ने योजना ईजी मोवाइलले अघि सारेको छ।  

ग्राहकले ५० हजार भन्दा बढी मूल्य भएको स्मार्टफोन किन्दा एउटा स्मार्टफोन निशुल्क उपहार प्राप्त गर्नेछन् भने ५ हजारदेखि ५० हजार भन्दा कम मूल्यको मोवाइल खरिद गर्दा एउटा फिचर फोन निशुल्क उपहार प्राप्त गर्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.