|

काठमाडौं : नेपाल पत्रकार महासंघको अध्यक्षमा प्रेस सेन्टर र प्रेस युनियनसहितको गठबन्धनका उम्मेदवार गोविन्द आचार्य निर्वाचित भएका छन्।

महासंघको २५औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा सेन्टरका आचार्य पदाधिकारीमा समेत आफ्नो प्यानलका सम्पूर्ण उम्मेदवारसहित विजयी भएका हुन्। आचार्यले प्रेस चौतारीका तर्फबाट उम्मेदवार बनेका वरिष्ठ पत्रकार तीर्थ कोइरालालाई १ सय ५ मतले पराजित गरे। आचार्यले ७३२ मत पाउँदा कोइरालाले ६२७ मत ल्याए।

यस्तै उपाध्यक्षमा खुलातर्फ युनियनका विपुल पोखरेल तथा समावेशीतर्फ युनियनकै दिलिप थापा मगर विजयी भए। महासचिवमा युनियनका रमेश विष्ट र सचिवहरुमा खुलातर्फ युनियनका रामप्रसाद दाहाल, महिलातर्फ सेन्टरकी लक्ष्मी पुन तथा आदिवासी-जनजाति र मधेसीतर्फ सोही प्यानलका उदय जीएम र शीतलप्रसाद महतो विजयी भए।

यस्तै कोषाध्यक्षमा आचार्य प्यानलकै राजेश मिश्र र लेखा समिति संयोजकमा रोशन पुरी विजयी भए।

यसपटक सत्तारुढ दलहरु कांग्रेस निकट युनियन र माओवादी केन्द्र निकट सेन्टरले गठबन्धन बनाएका थिए। चौतारी भने एमाले निकट संगठन हो। यससँगै चौतारी र सेन्टरको दुई कार्यकाल लामो सहकार्यमा ब्रेक लागेको छ।

कसको कति मत ?

यी हुन् प्रदेशबाट विजयी केन्द्रीय सदस्यहरु :

प्रदेश नम्बर १

सटेन्द्र जबेगु (चौतारी)
उद्धव तिमिल्सिना (युनियन)

प्रदेश नम्बर २

देवराम यादव (सेन्टर)
शैलेन्द्र झा (युनियन)

प्रदेश नम्बर ३

द्वारिका काफ्ले (चौतारी)
कृष्ण गिरी (चौतारी)

प्रदेश नम्बर ४

रामकृष्ण ज्ञवाली (चौतारी)
नवीन कुइँकेल (सेन्टर)

प्रदेश नम्बर ५

बसन्त गिरी (सेन्टर)
पुरुषोत्तम सुवेदी (युनियन)

प्रदेश नम्बर ६

कलेन्द्र सेजवाल (युनियन)
पुर्ण प्रसाद चौलागाईं (सेन्टर)

प्रदेश नम्बर ७

मीन बम (युनियन)
उत्तर विष्ट (चौतारी) र श्याम भट्ट (सेन्टर) ४५–४५ बराबर मत ।

काठमाडौं उपत्यका

लेखनाथ न्यौपाने (सेन्टर)
गोविन्द चौलागाईं (चौतारी)

प्रतिष्ठान तर्फ

टिकाराम प्रधान (सेन्टर)
यम बिरही (युनियन)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.