|

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रजातान्त्रिक दर्ता गरेपछि राप्रपाका अध्यक्ष कमल थापाले न्याय नपाएको टिप्पणी गरेका छन्। अदालतकै कारण राप्रपा विभाजित भएको थापाको भनाई छ। राप्रपा प्रजातान्त्रिक बुधबार आयोगमा दर्ता भएको छ।

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता हुँदा नैतिकताका आधारमा सत्ता त्याग गरेको राप्रपा अहिले अदालतकै कारण विभाजित भएको विश्लेषण थापाको छ।  

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणाले गत साउन २२ गते आवश्यक केन्द्रीय सदस्यको दस्तखतसहित दल विभाजनका लागि आयोगमा निवेदन दिएका थिए। उक्त निवेदनसँग समावेश गरिएका नेताको दस्तखत सनाखतका लागि आयोगले सो पार्टीलाई आग्रह गरेकामा नेता राणाले दल दर्ताको माग गर्दै अदालतमा रिट हालेका थिए। 

सर्वोच्च अदालतले गत सोमबार राप्रपा प्रजातान्त्रिकले दल दर्ताका लागि निवदेन दिएको दिन गरिएको केन्द्रीय सदस्यको हस्ताक्षरलाई मान्यता दिएर दल दर्ता अघि बढाउन निर्वाचन आयोगलाई अन्तरिम आदेश दिएको थियो।

राप्रपा प्रजातान्त्रिकका नेता राजाराम श्रेष्ठका अनुसार २० सांसद तथा ६९ केन्द्रीय सदस्य उक्त पार्टीमा छन्।

यो पनि पढ्नुस्ः 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.