|

काठमाडौं : असोज २ गते हुने स्थानीय तह निर्वाचन प्रचारका लागि नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्ष नविना लामा एक हप्तादेखि प्रदेश नम्बर २ मा छिन्।

२६ गते बाराको सिमराबाट शुरु गरेको लामा नेतृत्वको  प्रचारप्रसार अभियानको टोली बिहीबार जनकपुर पुगेको छ। बारा, पर्सा, रौतहट, सर्लाहीका उम्मेदवारका पक्षमा घरदैलो तथा सभाहरुमा सहभागी हुदै लामा जनकपुर पुगेकी हुन्।

सिमरा - जीतपुर उपमहानगरपालिका, वीरगञ्ज महानगरपालिका,चन्द्रनिगाहपुर नगरपालिका, हरिऔन नगरपालिका लगायतका ठाउँमा उम्मेदवार सगँसगै बस्तीहरुमा लामा नेतृत्वको अनेरास्ववियुको टोलीले एमालेको पक्षमा मतदान गर्न आग्रह गरेको थियो।

अध्यक्ष नविना नेतृत्वको अनेरास्ववियुको टोलीमा सचिव ओशिम आलम, प्रवक्ता सुदीप शर्मा, केन्द्रीय सदस्य सजिना थापामगर लगायतका रहेका छन्।
मौन अवधि अघिसम्म तराई बसेर राजधानी फर्कने कार्यक्रम प्रवक्ता शर्माले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.