|

जनकपुरधाम : धनुषाको १८ स्थानीय तहमध्ये १६ तहको नतिजा सार्वजनिक भएको छ। धनुषामा यस भन्दा अघिल्लो संविधानसभाको भएको पहिलो र दोश्रो निर्वाचनमा ६ वटा सिट जित्न सफल भएको नेपाली कांग्रेस स्थानीय तहको निर्वाचनमा अहिलेसम्म ७ वटा तहमा विजयी भएको छ।

नेपाली कांग्रेसबाट धनुषाधाम नगरपालिकामा बालेश्वर मण्डल, क्षिरेश्वरनाथ नगरपालिकामा योगेन्द्र पञ्जियार, धनौजी गाउँपालिकामा बद्रीनारायण सिंह, जनकनन्दिनी गाउँपालिकामा अब्दुल वारिक शेष, औरही गाउँपालिकामा ब्रहमदेव यादव, कमला नगरपालिकामा रामउदगार गोइत र  नगराइन नगरपालिकामा परमेश्वर यादव विजयी भएका छन्।

एमाले ४ वटा स्थानीय तहमा विजयी भएको छ। एमालेबाट मुखियापट्टी मुसहरनिया गाउँपालिकामा मनोजकुमार यादव, बटेश्वर गाउँपालिकामा डम्बरबहादुर राउत क्षेत्री, मिथिला बिहारी नगरपालिकामा अनिलकुमार यादव र पूर्व पश्चिम राजमार्ग अन्तर्गत मिथिला नगरपालिकामा हरिनारायण महतो विजयी भएका छन्।

नेकपा माओवादी केन्द्रबाट शहीदनगर नगरपालिकामा उदयकुमार यादव, विदेह नगरपालिकामा बेचन दास तत्मा विजयी भएका छन्। यसैगरी गणना जारी रहेको धनुषाको सबैला नगरपालिकामा माओवादी केन्द्र अग्र स्थानमा रहेको छ।   

यसैगरी संघीय समाजवादी फोरम नेपालले धनुषाको २ वटा स्थानमा जित हासिल गर्न सफल भएको छ। जसमध्ये गणेशमान चारनाथ नगरपालिकामा रामबाबु यादव र लक्ष्मीनिया गाउँपालिकामा बिन्देश्वर यादव विजयी भएका छन्। यसैगरी राष्ट्रिय जनता पार्टी नेपालले धनुषाको हंशपुर नगरपालिकामा राम ज्ञान मण्डलले विजयी हासिल गरेको छ भने, जनकपुर उप–महानगरपालिकामा फराकिलो अग्रता कायम राखेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.