|

लहान : जिल्ला सदरमुकामसमेत रहेको सिरहा नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम नेपालका अशेश्वरप्रसाद यादवले बाजी मारेका छन्। सिरहा नगरपालिकाको संस्थापक प्रमुख यादव एमालेका नवीनकुमार यादवलाई एक सय ७१ मतले पछि पार्दै नगरप्रमुख चुनिएका हुन्। 

नगरप्रमुखमा विजयी यादवले ९ हजार २ सय ३४ मत प्राप्त गरे।

नगरपालिकाको उपप्रमुखमा एमालेकी नमिता यादव ९ हजार एक सय ६१ मतसहित विजयी भएकी छन्। उपप्रमुख यादवकी प्रतिद्वन्द्वी फोरमकी शोभादेवी मण्डलले ८ हजार ९ सय ९० मत प्राप्त गरेकी छन्।  २२ वडा रहेको  सिरहा नगरपालिकामा ८, १०, ११, १२, १४, १७ र १९ को वडाध्यक्ष फोरमले जितेको छ । 

यस्तै २, ७, ९, १३, १६ र १८ को वडाध्यक्ष एमालेले र १, ३, ४, ५, ६, १५, २०, २१, २२ को वडाध्यक्ष कांग्रेसले जितेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.