|

रौतहट : जिल्लाको कटहरिया नगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रका सियाराम कुहवाह विजयी भएका छन्। कुशवाहले ४२३३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अजय प्रकाशले ३६८२ मत प्राप्त गरे।

त्यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसकी सयल देवी यादवलाई पराजित गर्दै माओवादी केन्द्रकी उम्मेदवार नुरजहाँ खातुनले विजय हासिल गरेकी छिन्। रौतहटको १६ नगरपालिका र २ गाउँपालिका गरी १८ स्थानीय तहमध्ये १७ वटा तहको परिणाम आइसकेको छ।

जिल्लाको मध्य भागमा रहेको गरुडा नगरपालिकाको मात्र नतिजा आउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालय रौतहटले जानकारी दिएको छ। १७ स्थानीय तहमा सबैभन्दा बढी नेपाली कांग्रेसले ८ तहमा विजय हासिल गरेको छ। नेकपा माओवादी केन्द्रले ३ तहमा, संघीय समाजवादी फोरम नेपालले ३, राजपा नेपालले २ र नेपाल लोकतान्त्रिक फोरमले १ तहमा जित हासिल गरेका छन्।

नेकपा एमालेले भने चन्द्रपुर नगरपालिकाको उपप्रमुखमा मात्र जित हात पारेको छ। गरुडा नगरपालिकामा भने संघीय समाजवादी पार्टीले अग्रता दिदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.